STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शालिन मृत्यु प्रकरण : पोष्टमार्टम रिपोर्टप्रति परिवारको आपत्ति

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २०, आइतबार

काठमाडौं - शालिन पोखरेलको परिवारले छोरीको पोष्टमार्टम रिपोर्टप्रति आपत्ति जनाएको छ । अघिल्लो शनिबार चितवनको रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतको होस्टलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी १४ वर्षीया शालिनको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार पोष्टमार्टम भएको थियो ।

आइतबार सार्वजनिक पोष्टमार्टको रिपोर्टमा मृत्युको कारण ‘ह्याङ्गिङ’ उल्लेख गरिएको छ । त्यो भनेको मृत्युको कारण बलात्कार होइन भन्नु हो । शालिनको परिवारले पोष्टमार्टमा रिपोर्ट अहिलेसम्म नपाएको बताएको छ । ‘म अहिले अस्पतालमा नै छु, अहिलेसम्म हामीले रिपोर्ट पाएका छैनौं’, शालिनका बुबा दीपेन्द्र पोखरेल (ललित) ले टेलिफोन कुराकानीमा भने ।

उनले मिडियामा सार्वजनिक भएको पोष्टमार्टम रिपोर्ट आफूलाई स्वीकार्य नभएको बताए । उनले यौनाङ्गमा घाउ भएको अवस्थामा मृत भेटिएकी छोरी बलात्कृत भएकी होइनन् भनेर पत्याउनै नसकिने उल्लेख गरे ।

Categorized in अपराध-दुर्घटना