STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०८० आषाढ १२, मंगलबार

    बसुन्धरामा फेला फरेको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय

    काठमाडौँको बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ । शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको राससलाई जानकारी दिनुभयो । उक्त वस्तु आज बिहान ८।३० बजे फेला परेको थियो । रासस  

  • २०८० आषाढ १०, आइतबार

    करिब दुई केजी सुनसहित एक जना पक्राउ

    सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ । प्रहरीले गए राति रु एक करोड ८५ लाख ६५ हजार तीन सय ५५ मूल्य बराबरको एक किलो ९६५ दशमलव तीन ग्राम सुनसहित दाङ घोराही नगरपालिका(१० का २१ वर्षिय हुमानन्द गिरीलाई पक्राउ गरेको हो ।सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले बिशेष सुराकीका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तर्गतको कालीदह नाकामा उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो...

  • २०८० आषाढ ७, बिहिबार

    साइबरक्राइम’ र ‘चेक बाउन्स’ मुद्दा जिल्ला अदालतबाटै किनारा

    अब साइबरक्राइम र चेक बाउन्सका मुद्दा जिल्ला अदालतबाटै किनारा लाग्ने भएको छ । सरकारले सीमित अदालतले हेर्दै आएको मुद्दामा जिल्ला अदालतमै सुरु, कारबाही र किनारा हुनेगरी निर्णय गरेपछि उक्त मुद्दाका काम, कारबाहीमा पीडित तथा सम्बद्ध अधिकारीका लागि सहज बनेको छ । नेपाल प्रहरीले सरकारले गरेको निर्णयले पीडितको सास्ती अली कम हुने र प्रहरीलाई पनि होलो हुने बताएको छ । उच्च अदालत पाटनले पनि चेक ‘बाउन्स’को...

  • २०८० आषाढ ५, मंगलबार

    सुदूरपश्चिमका मन्त्री सिंहको दुर्घटनामा मृत्यु

    काठमाडौँ - बझाङमा भएको गाडी दुर्घटनामा घाइते सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ । बाँकेस्थित कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु भएको छ । दुर्घटनामा सख्त घाइते मन्त्री सिंहसहित पीएसओ (प्रहरी हवल्दार) दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीलाई उपचारका...

  • २०८० आषाढ ३, आइतबार

    पूर्वी नेपालमा बाढी-पहिरोले ३ को मृत्यु, २९ बेपत्ता

    काठमाडौं - लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आज साँझ दिएको जानकारीअनुसार अहिलेसम्म पाँचथर, सङ्खुवासभा, ताप्लेजुङ्लगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर...

  • २०८० जेठ ३२, बिहिबार

    सट्टेबाजीको कारोबारको प्रचार गरेको आरोपमा पक्राउ परे ८ जना कलाकार : ४ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं - अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीको कारोबारको प्रचार गरेको आरोपमा पक्राउ परेका युट्युबर र कलाकारलाई काठमाडौं जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न अनमुति दिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार अनलाइन बेटिङको प्रवर्द्धन गरेको आरोपमा पक्राउ गरेर ५ कलाकार र ३ जना युट्युबरलाई अदालतमा उपस्थित गराएर हिरासतमा राख्न अनुमति माग्दा अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान...

  • २०८० जेठ २९, सोमबार

    छ किलो चरेससहित जर्मन नागरिक पक्राउ

    काठमाडौं - त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६ किलो आठ सय ६० ग्राम चरेससहित जर्मन नागरिक ६३ वर्षीय पाउल वेस्र्टलाई आज प्रहरीले पक्राउ गरेको छ । टर्किस एयरको उडानद्वारा काठमाडौँबाट स्तानबुल हुँदै जर्मनी जान लागेका उनको दुईवटा लगेजलाई विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उक्त लागूपदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि लागूऔषध नियन्त्रण...

  • २०८० जेठ २९, सोमबार

    प्युठान दुर्घटना : कारमा सवार ८ जनाको मृत्यु

    काठमाडौं - प्युठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किएको निजी कार दुर्घटना हुँदा कारमा सवार ८ जनाकै मृत्यु भएको छ । उद्धार गरेर जिल्ला अस्पताल प्यूठान पुर्याए पनि चिकित्सकले ८ जनालाई नै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । लु १ च ६३४५ नम्बरको निजी कारमा २ महिला, २ पुरुष र ४ बालबालिका सवार रहेका थिए । मृतकहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • २०८० जेठ १, सोमबार

    बीपी राजमार्गमा लेदोमा पुरिए गाडी

    काठमाडौँ - आइतवार रातिको वर्षाका कारण खहरे खोलामा लेदोसहितको बाढी आउँदा बीपी राजमार्ग गाडी पुरिएका छन् । काभ्रेको रोशीस्थित बीपी राजमार्ग खण्डमा ४ वटा गाडी पुरिएका हुन् । रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबाजी बिचको खहरेखोलामा बाढी आएकाले गाडी पुरिनुका साथै राजमार्ग अवरुद्ध भएको थियो । अवरुद्ध राजमार्ग भने अहिले सञ्चालनमा आएको छ । पुरिएका गाडीहरु पनि डोजरको सहायतले आज सोमवार बिहानैदेखि निकालिएको...

  • २०८० बैशाख ३१, आइतबार

    भक्तपुरको फर्निचर कारखानामा आगलागी

      काठमाडौं -भक्तपुरको सूर्यविनायक नगरपालिका-५ , चुनदेवीस्थित एक फर्निचर कारखानामा आगलागी भएको छ । आइतबार साँझदेखि सुरु भएको आगलागी के कारणले भएको भन्नेबारे खुलेको छैन । फ्याक्ट्रीमा आगलागी भएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेसँगै अहिले त्यहाँ पाँच वटा दमकल पुगेर आगो निभाउने प्रयास गरिरहेको छ । हालसम्म सोफा फ्याक्ट्रीका संचालकबारे पनि यकिन जानकारी आइसकेको छैन । आगलागी नियन्त्रण लिने प्रयास...

  • २०८० बैशाख २९, शुक्रबार

    बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कृषि विज्ञ राई पक्राउ

    काठमाडौं - कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोटाङ प्रहरीले आज बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो । राईमाथि शुभम फाउन्डेसनले सन्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । त्यसबारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र सोधपुछ चलिरहेको इन्सपेक्टर वेनुकुमार कार्कीले जानकारी दिए । शुभम् फाउन्डेसन अन्तर्गत...

  • २०८० बैशाख २६, मंगलबार

    नक्कली भुटानी शरणार्थी प्रकरण : थप २ जना पक्राउ

      काठमाडौं -नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका केसी र चौधरीले बिचौलियाको भूमिका निर्वाह गरेको बताइएको छ । थप दुई पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या १० पुगेको छ। यसअघि पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा...

Pages