STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल बैंकका शाखा प्रबन्धकलाई ६ वर्ष जेल सजाय

Janjati Khabar – Janjati Khabar | २०८० पौष ११, बुधबार

काठमाडौं - भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालाको सजाय निर्धारण गरिएको छ ।

आज विशेष अदालतका न्यायाधीशहरू खुसिप्रसाद थारू, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई ५४ लाख ८४ हजार रुपैयाँ बिगो र उति नै जरिवाना तोकेको हो । साथै उनलाई ६ वर्ष १ महिना कैद सजाय तोकिएको छ ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले अख्तियारको मागबमोजिम नै उनलाई सजाय भएको जानकारी दिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइरालामाथि बैंकको सिस्टम ह्याक गरेर बैंकमा जम्मा गर्नुपर्ने ब्याज आफ्नो खातामा जम्मा गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो । उनीविरुद्ध अख्तियार ०७७ असार ३१ मा मुद्दा दर्ता गरेको थियो ।

Categorized in अपराध-दुर्घटना