STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०८० श्रावण २२, सोमबार

    नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

    बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र  ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । यही साउन १८ गते बिहीबार राति विक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोसरतानातान गर्ने क्रममा आफ्नै घरभित्र भुईमा खसी बझारिएपछि घटनास्थलमै...

  • २०८० श्रावण १९, शुक्रबार

    कैदीबन्दी सरुवाको विरोधामा झापा कारागार तनावग्रस्त

    काठमाडौँ  - जिल्ला कारागार झापामा आज दिउँसो तनावग्रस्त बनेको छ । चौकीदारको सरुवाको विरोधामा झडप हुँदा कारागार परिसर आज पुरै तनावग्रस्त बनेको हो । कारागार व्यवस्था विभागले चौकिदार मनोज लावतीसहित चार जना कैदीलाई झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो । सरुवाको निर्णय भएका चौकीदारलाई सार्न खोज्दा आज दिउँसो झडप भएको प्रहरीले जनाएको छ । कैदीबन्दीलाई सार्ने निर्णयको विरोधमा उनीहरुले भित्रबाट...

  • २०८० श्रावण १९, शुक्रबार

    चार दिनदेखि बेपत्ता दमाई मृत भेटिए

     कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एकजना मृत भेटिएका छन् । कृष्णपुर नगरपालिका–२ बङ्क नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाई मृत भेटिएका हुन् । दमाईको शव घरदेखि करिब पाँच सय मिटर टाढा बन्द नदी किनारमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिनुभयो । स्थानीयले बाख्रा चराउन जाने क्रममा नदीेको किनारमा खनेको माटो देखेपछि बिहीबार साँझ प्रहरीलाई...

  • २०८० श्रावण १८, बिहिबार

    सामाखुशी खोलामा खसेका बालकको ११ दिनपछि शव फेला

    काठमाडौं - ७ साउन गते काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको शव ११ दिनपछि फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार १३ वर्षीय बालक विधान आलेमगर (साजन)को शव ११ दिनपछि दक्षिणकालीको बागमती नदीको किनारमा भेटिएको हो। बाढी आएको खोलामा खसेर बेपत्ता भएपछि प्रहरीले उनको खोजी कार्य तीव्र रुपमा अघि बढाएको थियो । तर, प्रहरीले उनको शव फेला पार्न सकेको थिएन । खोलामा खसेर बेपत्ता भएको ११...

  • २०८० श्रावण १८, बिहिबार

    उच्छृङ्खल गतिविधि गर्ने पाँच पक्राउ

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सर्वसाधारण नागरिकलाई डर, धम्की दिई उच्छृङ्खल गतिविधि गरेको आरोपमा जोरपाटीबाट पाँच जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मेलम्ची–६, सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ गोकर्णेश्वर बस्ने ३४ वर्षीय श्यामबहादुर लामा, गोकुलगङगा–६, रामेछाप घर भई हाल काठमाडौँ जोरपाटी बस्ने २८ वर्षीय विक्की लामा ९बाफ्ले०, मेलम्ची–१०, सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ...

  • २०८० श्रावण १५, सोमबार

    राति साढे १२ बजे हात्तीले घर भत्काउन थालेपछि............

    टीकापुर–२ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निन्द्रामा थियो । निदाएका कालीदेवीको घर एक्कासी हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो ।     कालीदेवीले केही सोच्नै सक्नुभएन । हात्तीले उहाँको ठाटी घरका साथै भकारीमा भण्डारण गरेको धान, गहुँलगायत खाद्यान्न सबै नष्ट गरिदियो । “हात्तीले पछाडि घरमा हान्न थाल्यो, भूकम्प आयो कि भन्ने सोचेँ...

  • २०८० श्रावण १२, शुक्रबार

    बलात्कार आरोपमा आयोजना इन्जिनियर पक्राउ

    काठमाडौं - मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरेको बुझिएको छ। एक युवतीले बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि ५२ वर्षीय पोखरेललाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए। ब्लु क्रस अस्पतालमा उपचारका लागि आएका पोखरेललाई प्रहरीले नियन्त्रणमा...

  • २०८० श्रावण १२, शुक्रबार

    काठमाडौंबाट चित्लाङ जाँदै गरेको भ्यान दुर्घटनामा दुईको मृत्यु

    काठमाडौं - काठमाडौँको चन्द्रगिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । आज विहान बा १० च ३५४६ नंको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना भएको हो । मृत्यु हुनेमा सिन्धुलीका २० वर्षीय चालक नवराज थोकर र काभ्रेका ४५ वर्षीय यात्रु अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए। काठमाडौंबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त...

  • २०८० श्रावण ११, बिहिबार

    छाँगावरोहण गर्दा एकको निधन

    छाँगावरोहण (क्यानोनिङ) गर्ने क्रममा लडेर पोखरा महानगरपालिका–२६ बूढीबजारकी २२ वर्षीया अञ्जिता भण्डारीको निधन भएको छ । बुधबार अपरान्ह माछापुच्छे गाउँपालिका–९ घलेलस्थित झरनामा ‘क्यानोनिङ’ गर्ने क्रममा लडेर घाइते भएकी भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रासस

  • २०८० श्रावण १०, बुधबार

    सामाखुसी खोलामा बगेर बेपत्ता बालक अझै फेला परेनन्

    काठमाडौं - काठमाडौँको सामाखुसी खोलामा गत आइतबार साँझ आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर अझै फेला परेका छैनन् । खोलाले बगाउँदा बेपत्ता भएका बालक मगरको खोजी कार्यका लागि नेपाल प्रहरीको विपद् व्यवस्थापनको टोली तथा गोताखोर टोली खोजीकार्यमा खटिएको भए पनि अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी...

  • २०८० श्रावण १०, बुधबार

    सोह्रखुट्टेबाट ब्रेक शु र सुन नाप्ने मेसिन बरामद

    काठमाडौं - सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले काठमाडौंको सोह्रखुट्टेस्थित एक गोदाममा छापा मारेको छ। बुधबार विमागबाट खटिएको टोलीले सोह्रखुट्टेको एक घरमा छापा मार्दा ब्रेक शु, डिस्क ब्रेकका सामान तथा सुन नाप्ने मेसिन, हिटर पनि बरामद गरेको छ । विभागले त्यहाँ बरामद गरेका सामानहरु त्रिभुवन विमानस्थलमा बरामद गरेको पोकाजस्तै रहेको बताइएको छ । तर, ती पोकाहरुमा सुन छ छैन त्यसबारे भने...

  • २०८० श्रावण ९, मंगलबार

    मृत फेला परेका प्रहरीको स्थलगत अनुसन्धान सकियो, हत्याको आशंका

    काठमाडौं - सोमबार राति मृत फेला परेका इलाका प्रहरी कार्यालय बागलुङ, भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक उज्जल पौडेलको मृत्युबारे प्रहरीको स्थलगत अनुसन्धान सकिएको छ । जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का नेतृत्वको टोली घटनास्थलमा पुगि अनुसन्धान सकेर सदरमुकाम फिर्ता भएको हो । स्थलगत अनुसन्धानको निष्कर्ष अनुसार पौडेलको हत्या भएको प्रमुख खड्काले...

Pages