STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चोभारमा आगो निभाउन गएको दमकल दुर्घटना

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख ९, आइतबार

काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चोभार डाँडामा भएको आगलागी निभाउन गएको दमकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। 

जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष अब्दुल खानकै निवास नजिक अज्ञात व्यक्तिले जंगलमा आगो लगाएपछि निभाउने जाने क्रममा दमकल (वरुण यन्त्र) पल्टिएको हो। 

दुर्घटनामा चालकसहित ६ जना गम्भीर घाइते भएको खानको निजी सचिवालयले जानकारी दिएको छ। 

प्रहरी वृत्त कीर्तिपुरले पनि दुर्घटनाको पुष्टि गर्दै महानगरपालिकाकै दमकल भएको जानकारी दिएको छ। 

प्रहरीका अनुसार घटना शनिबार दिउँसो १ बजेको घटना हो। स्थानीयको खबरपछि चोभार जंगलमा लागेको आगो निभाउन काठमाडौं महानगरपालिकाका चारवटा दमकल गएका थिए। त्यस क्रममा एउटा दमकल दुर्घटनामा परेको हो। 

‘आगो त नियन्त्रणमा लिन सफल भयौँ, तर एउटा दमकल दुर्घटना भयो,’ घटनास्थलमा खटिएका एक प्रहरीले भने, ‘आगो नियन्त्रणमा नलिएको भए नजिकै बस्तीलाई भेट्ने खतरा थियो।’

Categorized in अपराध-दुर्घटना