STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

धनगढी मेयरकी छोरी सम्पर्कविहीन

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र १४, बुधबार

काठमाडौँ - धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कविहीन भएकी छन् ।

आफ्नी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएकी नगर प्रमुख हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् ।

ओशो साधन आरती केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको र सोमबारदेखि बेपत्ता भएको हमालको भनाइ छ । छोरी बेपत्ता भएको बारे उनको साथबाट खबर आएको भन्दै नगर प्रमुख हमालले भनेका छन्, ‘गोवा बस्नु हुने शुभचिन्तक, दाजुभाई र दिदिबहिनीहरुले खोजी कार्यमा सहयोग गरिदिनु हुन विनम्र अपिल गर्दछु ।’

Categorized in अपराध-दुर्घटना