STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

टोखामा एक व्यक्तिले गरे आत्मदाह प्रयास

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण १८, शुक्रबार

काठमाडौं - काठमाडौंको टोखा नगरपालिका–१ को चेकपोष्ट नजिक जंगलमा एक जना व्यक्तिले आफैंलाई पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका छन् ।

नुवाकोटको लिखु गाउँपलिका–१ स्थायी घर भएका अन्दाजी ३० वर्षीय विकल्प खड्कालाई आफैंलाई आगो लगाएको अवस्थामा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

उनलाई उद्धार गरेर कीर्तिपुरस्थित बर्न सेन्टरमा लगिएको छ । तर, उनको अवस्था गम्भीर रहेको अधिकारीले बताए । आफैं आगो लगाउनुको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Categorized in अपराध-दुर्घटना