STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सामाजिक सञ्जालमा गौशाला २६ को तस्बिर सार्वजनिक गर्ने व्यक्ति पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८० माघ ३, बुधबार

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा पीडित किशोरी गौशाला–२६ को वास्तविक तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीले संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राईलाई पक्राउ गरी काठमाडौं ल्याएको हो । राईले सो मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसलापछि त्यसबारे टिप्पणी गर्दै सामाजिक सञ्जालमार्फत पीडित किशोरीको तस्बिर सार्वजनिक गरेका थिए ।

त्यसबारे पीडित किशोरीको जाहेरीका आधारमा प्रहरीको साइबर ब्युरोले राईलाई चिचिलाबाटै पक्राउ गरेको साइबर ब्युरोका प्रहरी उपरीक्षक पशुपति रायले जानकारी दिए । प्रहरीले उनलाई बुधबारै काठमाडौं ल्याएको छ ।

लामिछानेलाई गौशाला-२६ लाई बलात्कार गरेको आरोपमा अदालतले दोषी ठहर गर्दै ८ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो ।

Categorized in अपराध-दुर्घटना