STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०८० कार्तिक १३, सोमबार

    प्रहरी नियन्त्रणमा रहेका अभियुक्त फरार

    दाङ,  चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति  आज फरार भएका छन् । फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।स्वास्थ्य उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेका बेला नेपाली फरार भएको प्रहरी उपरीक्षक केसीले जानकारी...

  • २०८० कार्तिक १३, सोमबार

    मसानघाट पनि अतिक्रमणमा

    ढोरपाटन , एकदशक अगाडिसम्म निसीखोलाका किनार सुनसान थिए । ढुङ्गा र बालुवाका थुप्रोमा बकुल्ला डुल्थे । मान्छेको मृत्युपछि दाहसंस्कार गर्ने विभिन्न जातजातिको आआफ्नै घाट हुन्थ्यो । अचेल ती घाटमाथि संरचना बन्न थालेका छन् । कतिले त घाटलाई अतिक्रमण गरी खेतमा परिणत गरेका छन् । पातीहाल्ने, तिलाचन, घुमदेखि बग्दै आएको निसीखोला भुजीखोला र तमानखोलासँग मिसिएर बडिगाड बनेको छ । बुर्तिबाङ बजारदेखि केही तल...

  • २०८० आश्विन २९, सोमबार

    अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा

      काठमाडौँ - जिल्ला प्रहरी परिसर काठमाडौँले पठाओ र इनड्रइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही गरेको छ । काठमाडौँका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ‘अफलाइन राइड ट्रिप’ क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा विगतका केही आपाराधिक...

  • २०८० आश्विन २३, मंगलबार

    अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु

    जाजरकोट, २३ असोज स् कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा  वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् ।  टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिनुभएको जानकारी अनुसार  घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार  मृत्यु भएको थियो भने...

  • २०८० आश्विन १९, शुक्रबार

    सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश

    काठमाडौं- जिल्ला अदालत काठमाडौंले ६१ किलो सुन तस्करीको आरोपमा पक्राउ परेकाहरुमध्ये १ जना बाहेक सबैलाई थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले रूक्मिना सुब्बालाई भने ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता दिपक दाहालले जानकारी दिए । सुन तस्करीमा संलग्न रहेको अरोमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को रायका आधारमा जिल्ला सरकारी...

  • २०८० आश्विन १९, शुक्रबार

    अनलाइन बेटिङबाट २४ करोड कारोबार गर्ने पक्राउ

    काठमाडौँ, अनलाइन बेटिङबाट रु २४ करोड बराबरको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निजलाई पक्राउ गरेको हो ।पक्राउपर्नेमा झापा दमक नगरपालिका–१२ घर भएका ३० वर्षीय पिन्टुकुमार साह रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँ मीनभवनका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।उहाँका अनुसार...

  • २०८० आश्विन १७, बुधबार

    बन्धक बनाएको आरोपमा दुई जना पक्राउ

    काठमाडौँ, काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्क स्थित ‘द बर्गर हाउस’ मा एकजना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा काभ्रे तेमाल गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका बौद्ध बस्ने अन्दाजी ३६ वर्षीय आशालाल लामा तथा काभ्रे रोशी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौँ सामाखुशी बस्ने अन्दाजी ३३ वर्षीय भोज लामा रहेका जिल्ला...

  • २०८० आश्विन १६, मंगलबार

    कथित धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

    काठमाडौं - विवादास्पद अभिव्यक्ति दिएका कारण धर्मगुरु भनी प्रचार गरिहिँड्ने आचार्य श्रीनिवास पक्राउ परेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले श्रीनिवासलाई नियन्त्रणमा लिएको बताए । श्री निवास यसअघि २०७६ सालमा आफैंलाई गोली हान्न...

  • २०८० आश्विन १६, मंगलबार

    कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने पुर्पक्षका लागि थुनामा

    काठमाडौं- कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्ति पुर्पक्षका लागि थुनामा गएका छन् ।   सोमबार काठमाडौं जिल्ला अदालतको आदेशले खुकुरी प्रहार आरोपमा पक्राउ परेका श्यामबहादुर सापकोटालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । सापकोटालाई केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान गरिएको छ। उनले भदौ २० गते दिउँसो भृकुटीमण्डपमा सहमहामन्त्री यादवमाथि खुकुरी...

  • २०८० आश्विन १६, मंगलबार

    बझाङ भूकम्प : एक महिलाको मृत्यु, घाइते हुनेको संख्या १५ पुग्यो

    काठमाडौं - बझाङमा भूकम्पपछि आएको पहिरोमा परी एक महिलाको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका-११ स्थित मयानास्थित ओखलकी करिब ४० वर्षीया गुनमति धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। टिमुर टिप्न गएका बेला ढुंगा खसेर टाउकोमा चोट लाग्दा उनको  मृत्यु भएको हो।  त्यस्तै भूकम्पबाट घाइते हुनेको संख्या १५ पुगेको छ। ७ वर्षीय सलिना जोशीको खुट्टा र ११ वर्षीया प्रमिला जोशीको हाथ भाँचिएकाले थप उपचारको लागि जिल्ला...

  • २०८० आश्विन १६, मंगलबार

    बझाङमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प : तीन जना घाइते, दर्जनौँ घर भत्किए

    काठमाडौं- पश्चिम नेपालमा गएको दुई ठूला भूकम्पमा परी तीन जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिकामा रहेको जाल्पामाविमाका एक विद्यार्थी घाइते भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।   उनका अनुसार बझाङका धेरै भौतिक संरचनामा क्षति पुगेको र भूकम्पका कारण ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।  साथै, भोजपुरको सत्यवादी माविमा अध्ययनरत दुई...

  • २०८० आश्विन १५, सोमबार

    पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

    तुलसीपुर  पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटनामा परेको हो । बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले बताउनुभयो । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक रामेछाप सुनपति गाउँपालिका–३ निवासी ३३ वर्षीय...

Pages