STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०८० पौष २२, आइतबार

    केकभित्र गाँजा राखेर अनलाइनमार्फत बेच्ने एकजना पक्राउ

    काठमाडौं- केकभित्र गाँजा राखेर बिक्री वितरण गर्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको घट्टेकुलोबाट बिसन मानन्धरलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार मानन्धरले गाजा राखेर केकहरू अनलाइनमार्फत प्रयोगकर्तासम्म पुर्‍याउने गरेका थिए ।  इन्स्टाग्राममा अकाउन्ट बनाएर त्यसमार्फत उनले केक बिक्री वितरण गर्ने गरेको प्रहरीको भनाइ छ । प्रहरीले उनको साथबाट...

  • २०८० पौष १९, बिहिबार

    हतकडीसहित फरार भएका थुनुवा पक्राउ

    काठमाडौं— जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले भक्तपुरको दुवाकोटबाट पक्राउ गरेको छ । बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका विमल खड्कालाई बिहीबार बिहान दुवाकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो । सो मुद्दामा कारागार चलान भएका खड्कालाई महाराजगञ्ज प्रहरीमा परेको अर्को...

  • २०८० पौष १९, बिहिबार

    जिल्ला अदालतबाट हतकडीसहित फरार थुनुवा पक्राउ

      काठमाडौँ, १९ पुस : नेपाल प्रहरीले जिल्ला अदालत काठमाडौँ परिसरबाट हतकडीसहित फरार थुनुवालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट आज बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले प्रहरी वृत्त महाराजगञ्जबाट थुनछेक बहसका लागि अदालत लैजाने क्रममा खड्का हतकडीसहित...

  • २०८० पौष १८, बुधबार

    अदालतबाट हतकडीसहित थुनुवा फरार

    काठमाडौं - जिल्ला अदालत काठमाडौंबाट हतकडीसहित थुुनुवा फरार भएका छन्। बुधबार दिउँसो १ बजेतिर म्याद थपका लागि लगिएका सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित फरार भएका हुन्। डलर साट्ने भन्दै लुटपाट गरेको आरोपमा उनीसहित पक्राउ परेका थिए। तर अदालतमा म्याद थपका लागि लैजाँदा उनी अदालतभित्रैबाट हतकडीसहित फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले बताए। उनलई महाराजगञ्ज बृत्तको टोलीले पक्राउ गरेर...

  • २०८० पौष १७, मंगलबार

    नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दम्पती पक्राउ

    काठमाडौं - प्रहरीले दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ परेको छ ।पक्राउ पर्नेमा स्याङ्जाका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी पत्नी ३१ वर्षीया अस्मिता भण्डारी छिन् । प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले भारत पु¥याएका ९ युवतीलाई ७ चैत २०७९ मा उद्दार गरेर नेपाल ल्याएको थियो । प्रहरीका अनुसार, भण्डारी दम्पतीले आकर्षक तलब सुविधाको प्रलोभन देखाएर नेपाली युवतीलाई...

  • २०८० पौष १३, शुक्रबार

    गोठाटारमा सोफा फ्याक्ट्रीमा आगलागी

    काठमाडौं- काठमाडौंको कागेश्वरी मनहरास्थित गोठाटारमा रहेको एउटा सोफा फ्याक्ट्रीमा आगलागी भएको छ । करिब दुई घण्टा अगाडिदेखि आगलागी सुरु भएको हो । अहिले आगो निभाउने प्रयास भइरहेको छ । क्षतिको विवरण आइसकेको छैन । 

  • २०८० पौष १३, शुक्रबार

    सन्दीप लामिछानेले बलात्कार गरेको ठहर, ७ देखि १० वर्ष सजाय हुनसक्ने

    बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्।  जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले उनलाई दोषी ठहर गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। सन्दीपलाई कति वर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले अर्को पेशी तोकेको छ। इजलासले उनलाई गौशाला २६ पीडितको आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर करणी गरेको ठहर गरेको छ।  त्यस्तै पीडित नाबालिग भनिएको दाबी...

  • २०८० पौष १२, बिहिबार

    ८ महिनापछि प्रतिवेदन : मानवीय त्रुटिका कारण यति एयरको विमान दुर्घटना

    काठमाडौँ - गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई...

  • २०८० पौष ११, बुधबार

    नेपाल बैंकका शाखा प्रबन्धकलाई ६ वर्ष जेल सजाय

    काठमाडौं - भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालाको सजाय निर्धारण गरिएको छ । आज विशेष अदालतका न्यायाधीशहरू खुसिप्रसाद थारू, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई ५४ लाख ८४ हजार रुपैयाँ बिगो र उति नै जरिवाना तोकेको हो । साथै उनलाई ६ वर्ष १ महिना कैद सजाय तोकिएको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले...

  • २०८० पौष १०, मंगलबार

    महिलालाई पोलमा बाँधेर बेहोस हुने गरी कुटपिट, श्रीमानसहित ७ जना पक्राउ

    सिन्धुली- सिन्धुलीमा एक महिलालाई कुटपिट गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महिलाका श्रीमान् सन्तोष थापालगायत छन् । पक्राउ पर्नेमा राजनीतिमा सक्रिय व्यक्तिसमेत हुन् । प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन । कमलामाई नगरपालिका– ४ की शारदा थापालाई पोलमा बाँधेर निर्घात कुटपिट गरेको अभियोगमा उनका श्रीमानसहित ७ जना पक्राउ परेका सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले...

  • २०८० पौष ९, सोमबार

    सासु–बुहारीको बाघको आक्रमणबाट मृत्यु

    काडमाडौं- बाघको आक्रमणबाट पूर्वी नवलपरासीमा दुई महिलाको मृत्यु भएको छ । विनयीत्रिवेणी गाउँपालिका–१ मा सासु–बुहारीको मृत्यु भएको छ । आइतबार दिउँसो घाँस काट्न विनय सामुदायिक वनमा गएका गएका ६० वर्षीया मनादेवी पौडेल र २८ वर्षीया विष्णु पौडेल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी बेदबहादुर पौडेलका अनुसार आइतबार दिउँसो दुई जना महिला जंगलमा घाँस...

  • २०८० पौष ८, आइतबार

    झापाको शरणार्थी शिविरमा आगलागी

    काठमाडौं- झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी हुँदा तीन वटा छाप्राहरू जलेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान ३ बजे दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर सी ४, छाप्रा नं. ५३५ बस्ने भीमबहादुर घिमिरेको बाँसको घरमा अचानक विद्युत सर्ट भएर आगलागी सुरु भएको थियो । घिमिरेसहित अन्य ३ वटा घर तथा भित्र रहेको लत्ताकपडा, भाडा, अन्नपातसमेत पूर्ण...

Pages