relans
ni new 83
nib 2082 5

वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड रुपैयाँ चोरी

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख १८, मंगलबार

पर्सा- वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड ३४ हजार ८ सय रुपैयाँ चोरी भएको छ।

सोमबार बिहान ४ बजेतिर बैंकबाट रकम चोरी भएको हो। चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुङ्गेलले बताए।

चोरी भएको समयमा बैंकमा सुरक्षा गार्डसमेत नभएको खुलेको छ। प्रहरीले अनुसन्धान अघि बढाएको छ। ताला फोडेर रकम चोरी गरेको र पछि अर्कै ताला लगाएर भागेको देखिएको छ।

५/६ जनाको समूहमा आएका व्यक्तिहरूले रकम चोरी गरेर फरार भएका थिए। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Categorized in अपराध-दुर्घटना
ppp 2