STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ठमेलमा प्रहरी कुट्नेलाई १० देखि १५ हजार धरौटीमा रिहा गर्न आदेश

Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण १३, मंगलबार

काठमाडौं - काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका अनेरास्ववियुका नेता तथा कार्यकर्तालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले सोमबार यस्तो आदेश दिएको हो।

डडेलधुराको गन्यापधुरा गाउँपालिका ५ घर भई लैनचौरमै बस्ने २२ वर्षका रमेशकुमार फुलारालाई १५ हजार धरौटी माग गरिएको छ।

अनेराश्ववियुका केन्द्रीय सदस्य कमल जोशी, ताप्लेजुङको फुङलिङ्ग नगरपालिका १ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २५ वर्षका दिनेश सिग्देल, गोपालबहादुर शाही र नवीनसिंह ऐरलाई १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सौजन्य शाहीलाई पनि प्रतिवादी बनाइएको छ तर उनी फरार छन्।

माघ २४ गते उनीहरूसहित ६ जनाले ठमेलस्थित सडकमै हो-हल्ला गर्दै हिँडेपछि प्रहरी वृत्त दरबारमार्गको क्वीक रेस्पोन्स टीम (क्यूआरटी) प्रहरीले फेला पारेको थियो। उनीहरूलाई सम्झाइ बुझाइ गर्न खोज्दा प्रहरी टोलीमाथि आक्रमण गरेका थिए। क्युआरटीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए।

तत्काल थप मद्दत टोली नजाँदा प्रहरीलाई पिट्ने र मोटरसाइकल तोडफोड गरेको समूह भागेको थियो।

सुरुमा अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर अनुसन्धान थालिएको थियो। तर यसअघि पनि पटक पटक पक्राउ परेर कारबाही भएको पाइएपछि अदालतमा मुद्दा दायर गरिएको हो।

Categorized in अपराध-दुर्घटना