STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जर्सिपौवा पिकनिक गएर फर्किँदै गरेको बस फेदी जंगलमा दुर्घटना, २२ घाइते

Janjati Khabar – Janjati Khabar | २०८२ पौष २४, बिहिबार

काठमाडौँ - जर्सिपौवाबाट फर्किदै गरेको महानगर यातायातको बस काठमाडौँको शंकरापुरा नगरपालिका-३, फेदी जंगलमा साँझ दुर्घटना भएको छ। 

बुधबार साँझ पौने ६ बजे महानगर यातायतको बा. ४ ख ८७८८ नम्बरको बस फेदी जंगलमा दुर्घटना भएको हो। बस सडकबाट करिब सय मिटर तल खसेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ। 

दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। जर्सिपौवा पिकनिकबाट फर्किदै गरेको बस दुर्घटनामा परेको हो। 

दुर्घटनाको विस्तृत विरण आउन बाँकी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ। बसमा ३५ देखि ४० जना सवार थिए । नेचर हब भन्ने संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्कंदा बस दुर्घटनामा परेको पनि उनले बताए ।

दुर्घटनामा घाइते भएकामध्ये २२ जनालाई विभिन्न अस्पतालमा पुर्‍याएको छ । साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल, नेपाल मेडिकल कलेज, अत्तरखेल लगायतका अस्पतालमा घाइतेको उपचार भइरहेको उनले बताए ।

Categorized in अपराध-दुर्घटना