सुत्केरीको मृत्यु भएपछि किष्ट अस्पतालमा झडप
Janjati Khabar – Janjati Khabar | २०८२ कार्तिक १२, बुधबार
काठमाडौं - बिरामीको मृत्युको विषयलाई लिएर किष्ट अस्पतालमा झडप भएको छ । कात्तिक ८ मा सुत्केरी गराउन अस्पताल भर्ना गरिएकी मिना राईको मृत्यु भएको थियो ।
उनका आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै सोमबार अस्पताल बाहिर प्रदर्शन गरेका छन् । मृतकका आफन्तले विरोध प्रदर्शन गर्ने तयारी गरेसँगै अस्पताल परिसरमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।
प्रदर्शनकारी र प्रहरीको बिचमा झडप भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताएका छन् ।
Categorized in अपराध-दुर्घटना

