STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०८० फाल्गुण २९, मंगलबार

    सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ४ बुँदे सहमति

    काठमाडौं- सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ। गृह मन्त्रालयमा सोमबार भएको वार्ताबाट सहमति जुटेको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बताए। ‘मैले पहिले पनि संसद्‍मा कुरा उठाएको थिएँ, उहाँहरूको एक/एक मिनेट धेरै हो भनेको थिएँ,’ उनले भने, ‘पीडितलाई न्याय दिनका लागि मेरो तर्फबाट आवश्यक निर्देशन दिएको थिएँ, वार्ता टोलीका संयोजक ज्यू र सदस्यहरू पनि प्रतिबद्ध...

  • २०८० फाल्गुण २९, मंगलबार

    राप्रपाले सार्‍यो काठमाडौं केन्द्रित जनप्रदर्शनको मिति

    काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दबाब दिन तय गरेको प्रदर्शनको पूर्वघोषित मिति डेढ साता पछाडि सारेको छ। पार्टीले चैत २७ गते प्रदर्शन गर्ने निर्णय गरेको छ । पार्टीको कार्यसम्पादन समितिको बैठकले सोमबार यस्तो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए। बैठकका निर्णय सार्वजनिक गर्दै उनले एसईई परीक्षाको समय, लाखौँ विद्यार्थी, अभिभावकको असुविधा र संवेदनशीलतालाई ध्यान दिई काठमाडौं...

  • २०८० फाल्गुण २७, आइतबार

    राष्ट्रियसभा अध्यक्षको निर्वाचन मिति तोकियो, भोलि उम्मेदवारी दर्ता

    काठमाडौं - राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गतेका लागि तोकेको जानकारी गराएकी छिन् । आज बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गर्दै अर्यालले राष्ट्रियसभा अध्यक्षको निर्वाचन मितिबारे जानकारी गराएकी हुन् । उपाध्यक्ष अर्यालले सङ्घीय संसद्को महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्षको निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्न निर्देशन समेत दिइन् ।भोलि...

  • २०८० फाल्गुण २७, आइतबार

    राप्रपा केन्द्रीय कार्यालयमा कुटाकुट

    काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालयमा कुटाकुट भएको छ। अध्यक्ष राजेन्द्र लिङदेनककार्यकक्षबाहिर बुधबार एक पुरुषमाथि कुटपिट भएको हो। कुटाइ खाने व्यक्तिको नाम खुलेको छैन।  धुम्वाराहीस्थित पार्टी कार्यालयमा कार्यसम्पादन समिति बैठक सकिएर नेताहरु निस्किने क्रममा ती पुरुषमाथि कुटपिट भएको भिडियो यतिबेला भाइरल भएको छ। भाग्दै गरेको अवस्थामा केही व्यक्तिहरूले लखेट्दै उनलाई...

  • २०८० फाल्गुण २७, आइतबार

    जसपाबाट उपेन्द्र बने चौथो उपप्रधानमन्त्री, बरियतामा को अगाडि ?

    काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिमण्डल २२ सदस्यीय पुगेको छ।  आज जनता समाजवादी पार्टी नेपालका दुई नेतालाई मन्त्री नियुक्त गर्दै प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्रिमण्डल २२ सदस्यीय पुगेको हो। जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन्। यादव उपप्रधानमन्त्री नियुक्त हुँदा प्रचण्डको...

  • २०८० फाल्गुण २५, शुक्रबार

    जसपाबाट उपेन्द्रले स्वास्थ्य र नवलकिशोरले वन मन्त्रालय सम्हाल्ने

    काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। बिहीबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए। यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नवलकिशोर साहले वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन्। जसपाबाट दीपक कार्की...

  • २०८० फाल्गुण २३, बुधबार

    नयाँ गठबन्धनमा मिल्यो मन्त्रालय भागबन्डा, को कुन मन्त्री बन्दै

    सत्ता गठबन्धनले मन्त्रालय भागबन्डामा लगभग सहमति गरेका छन्। बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएका हुन्। सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान तथा परराष्ट्र मन्त्री वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनेछन्। अर्थमन्त्री पनि माओवादीले नै लिने सहमति भएको छ। उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाउने माओवादीको निर्णय छ। नेकपा (एमाले) बाट सचिव...

  • २०८० फाल्गुण २२, मंगलबार

    कांग्रेसले गर्यो प्रतिपक्षमा बस्ने निर्णय

    काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मत फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ।  मंगलबार अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको हो । बैठकको निर्णय सुनाउँदै उपसभापति धनराज गुरुङले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल...

  • २०८० फाल्गुण २२, मंगलबार

    रास्वपा मागे उपप्रधान र गृह

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा उपप्रधान र गृहसहित अरू तीन मन्त्रालय माग गरेको छ । चार मन्त्रालय पाउनुपर्ने रास्वपाको अडान छ । रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई सरकारमा पठाउन गृह मन्त्रालयलाई ‘बटमलाइन’ बनाइएको छ । यस्तै, भौतिक पूर्वाधार तथा यातायात‚ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पनि पार्टीले माग गरेर छलफल गरिरहेको ती नेताको...

  • २०८० फाल्गुण २२, मंगलबार

    मन्त्री टुङ्ग्याउन छलफलमा व्यस्त मधेस केन्द्रित दल

     सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउनेलगायत मुलुकको समसामयिक परिस्थितिबारे समीक्षा गर्न मधेस केन्द्रित राजनीतिक दलहरु छलफलमा जुटेका छन् ।     जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी नयाँ परिस्थितिमा पार्टीको आगामी रणनीति बनाउन बैठक र परामर्शमा केन्द्रित भएका हुन् । जनमत पार्टीको सचिवालय बैठक भर्खरै सुरु भएको छभने जसपाको कार्यकारिणी समिति बैठक भोलि...

  • २०८० फाल्गुण २१, सोमबार

    प्रचण्ड धोकेबाज रहेछन् : देउवा

    काठमाडौं–  २०७९ पुस १० मा बनेको गठबन्धन ब्युँतिँदै राजनीतिमा नयाँ ‘ट्वीस्ट’ आएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसहित केन्द्रीय सदस्य शेखर कोइरालालाई सोमबार बिहान बूढानिलकण्ठमा बोलाए। पार्टी पदाधिकारी र पूर्वपदाधिकारीलाई देउवाले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरे। देउवाले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष...

  • २०८० फाल्गुण २१, सोमबार

    संसद बैठक २४ फागुनसम्मका लागि स्थगित

    काठमाडौं - संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता समीकरणको रस्साकस्सीले आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो । संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ ।प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकारमा रहेका सबै मन्त्री हटाएर एमालेसहितको...

Pages