राजनीति
-
२०८२ बैशाख ८, सोमबार
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न करिब ५ बजेतिर भेटेर उनले राजीनामा दिएकी हुन्। स्वास्थ्यका कारण मन्त्री भट्टराईले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ। ‘मन्त्रीज्यूले आफ्नो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिनुभएको हो,’ उनका स्वकीय सचिव अशेष पोखरेलले भने, ‘उहाँले प्रधानमन्त्रीज्यूलाई...
-
२०८१ चैत्र २९, शुक्रबार
शिक्षक र शिक्षा मन्त्रालयबीच छलफल
काठमाडौं - आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबीच शुक्रबार पनि छलफल भएको छ । आजको वार्तामा शिक्षामन्त्री विद्या भट्टराई सहभागी नभएको बताइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको नेतृत्वमा शिक्षकहरुसंग छलफल भएको हो । छलफलमा दुवै पक्षले आ-आफ्ना कुराहरू राखे । शिक्षा मन्त्रालयले बोलाएपछि हिजो (बिहीबार) पहिलो छलफल भएको थियो । आज पुनः छलफलमा बस्ने गरी हिजोको...
-
२०८१ चैत्र २९, शुक्रबार
प्रसाईंलाई अन्ततः पक्राउ
काठमाडौँ - विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अन्ततः प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले प्रसाईंलाई भारतको असामबाट पक्राउ गरेको दाबी कतिपयले गरेका छन् भने प्रहरीले भने झापाबाट पक्राउ गरेको जनाएको छ । बिहीबार (चैत २८) साँझ ब्युरोको टोलीले प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई असामको बास्काबाट पक्राउ गरेको थियो । तर, नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएका कारण...
-
२०८१ चैत्र २९, शुक्रबार
जनबहाःद्यः (सेतो मछिन्द्रनाथ)को मूर्ति मन्दिरमा पुनःस्थापना
काठमाडौँ - २०७२ सालको विनाशकारी भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनर्निर्माणपछि पुनः जनबहाल मन्दिरमा प्रतिष्ठा गरिएको छ। ५ दिने सेतो मछिन्द्रनाथ जात्राको समापनसँगै २०८१ चैत्र २७ गते मन्दिरमा विधिवत् रूपमा मूर्ति पुनः स्थापना गरिएको हो। नेवार समुदायको गहिरो आस्थासँग जोडिएको यो पुनः स्थापना धार्मिक मात्र नभई सांस्कृतिक दृष्टिले समेत ऐतिहासिक क्षण भएको जनाइएको छ। ...
-
२०८१ चैत्र २९, शुक्रबार
ज्ञानेन्द्रलाई संवैधानिक राजा बनाउन सकिँदैन : गगन थापा
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जति धोए पनि सफा बनाउन नसकिने बताएका छन् । नेपाली कांग्रेस बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले निर्मल निवासमा बसेर त उत्पात मच्चाउने ज्ञानेन्द्रले नारायणहिटी राजदरबारमा बसेको भए के गर्थे होला भन्दै प्रश्न गरे । ‘पूर्वराजा ज्ञानेन्द्र शाहलाई पति धोए पनि सफा बनाउन सकिँदैन,’ महामन्त्री थापाले भने...
-
२०८१ चैत्र २७, बुधबार
सरकारले जफत गर्यो खुमबहादुर खड्काको जग्गा
काठमाडौँ - सरकारले सर्वोच्च अदालतको फैसला बमोजिम पूर्वमन्त्री तथा नेपाली कांग्रेसका दिवङ्गत नेता खुमबहादुर खड्काले भ्रष्टाचार गरेर कमाएको जग्गा जफत गरेको छ । गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सर्वोच्चको फैसला बमोजिम खड्काको जग्गा जफत गरेको हो । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैजनाथ उपाध्यायको इजलासले २०६९ साउन ३० गते पूर्वमन्त्री खड्कालाई...
-
२०८१ चैत्र २६, मंगलबार
बल्खु चोकमा राप्रपा कार्यकर्ताको शक्ति प्रदर्शन
काठमाडौं - राप्रपा बागमती प्रदेश कमिटीले काठमाडौँको बल्खुमा आयोजना गरेको खबरदारी सभामा बोल्दै त्यस पार्टीका नेताहरूले आफूले भनेजस्तो समझदारी गर्न तयार नभए आन्दोलन जारी राख्दै बालुवाटारको भातपानी बन्द गर्ने, नेताहरूको घर घेर्ने तथा बंगलादेश र श्रीलंका बनाउनेसम्मको धम्की दिएका हुन् । सभामा सम्बोधन गर्ने नेताहरूको आक्रोश व्यवस्था भन्दा पनि सरकारको नेतृत्व गर्ने दलका नेताहरूको कार्यशैलीले देश बर्बाद...
-
२०८१ चैत्र २४, आइतबार
तीनकुने घटनाको न्यायिक छानबिन गर्न माग
काठमाडौँ - तीनकुने घटनाको न्यायिक छानबिन गरी जवाफदेहिता सुनिश्चित गर्न र त्यस्तो हिंसात्मक घटना पुनः नदोहोरिने सुनिश्चित गर्न माग गरिएको छ । जवाफदेहिता निगरानी समितिका संयोजक राजुप्रसाद चापागाईं, एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलिया, एड्भोकेसी फोरम नेपालका निर्देशक विकास बस्नेत र न्याय तथा अधिकार संस्था (जुरी–नेपाल) अध्यक्ष रुकमणि महर्जनले आज संयुक्त विज्ञप्ति जारी गर्दै उक्त...
-
२०८१ चैत्र २४, आइतबार
पूर्वउपराष्ट्रपति पासाङलाई माओवादीले बनायो उपाध्यक्ष
काठमाडौँ - नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्षमा मनोनीत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनयन गर्नुका साथै उपाध्यक्षको जिम्मेवारी समेत दिएको उच्च स्रोतले रातोपाटीलाई जानकारी दियो । यसअघि गत माघमै पासाङ पार्टी राजनीतिमा औपचारिक रूपमा फर्किएका थिए । जसअनुसार पार्टीले पासाङलाई विशेष जिम्मेवारी...
-
२०८१ चैत्र २४, आइतबार
कुलमानको पुनर्बहालीको माग गर्दै र्याली
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै बानेश्वरबाट सुरु भएको र्याली माइतीघर पुगेर कोण सभामा परिणत भएको छ । पुरा नेपाल झलमल छ, जनताको मनमा कुलमा छ, कुलमा हाम्रो शाान हो, देश र जनतको मान हो, देशको शान मान कुलमा जस्ता अन्य थप्रै विभिन्न ब्यानर र प्लेकार्डसहित कुलमानको समर्थकहरूले प्रदर्शन गरेका छन् । र्यालीमा क्रममा उर्जामन्त्री दीपक खड्काको राजीनामा समेत...
-
२०८१ चैत्र २१, बिहिबार
सात दल आबद्ध रहेर तराई–मधेस केन्द्रित दलहरूले लोकतान्त्रिक मोर्चा घोषणा
काठमाडौं - सात दल आबद्ध रहेर संविधान संशोधन लगायत २६ वटा उद्देश्य राखी तराई–मधेस केन्द्रित दलहरूले मोर्चा घोषणा गरेको छ। वृषेशचन्द्र लाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल र रेशम चौधरी आदिको संघीय लोकतान्त्रिक मोर्चा नाम दिइएको छ । राज्यको तर्फबाट प्रदान गरिने सेवा,...
-
२०८१ चैत्र २१, बिहिबार
त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित
काठमाडौं - त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन । निर्वाचन अधिकृत अंगदमणि गौतमका अनुसार कोइराला निर्वाचित भए पनि औपचारिक घोषणा गर्न बाँकी छ । सबै बुथको मत एकीकृत गरिरहेकाले केहीबेरमा नतिजा सार्वजनिक गर्ने उनले बताए ।


