राजनीति
-
२०८१ चैत्र २१, बिहिबार
कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, खुल्यो हितेन्द्रलाई काम गर्ने बाटो
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यको नियुक्तिविरुद्ध निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा उक्त मुद्दाको बिहीबार अपरान्ह सुनवाइ सकिएपछि कुलमानको पक्षमा अन्तरिम आदेश नदिएको हो । यससँगै सरकारद्वारा...
-
२०८१ चैत्र २०, बुधबार
तराई मधेस जागरण अभियान पुनः सुरू भयो : अध्यक्ष दाहाल
बाँके - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीले केही समय स्थगित गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान पुनः सुरू गरिएको बताएका छन् । बाँकेको कोहलपुरमा आज अनेमसङ्घ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै प्रचण्डले अभियान नवलपरासीबाट सुरू गर्नुपर्ने भए पनि महिलाको प्रदेश सम्मेलनसँगै लुम्बिनीबाट अभियान सुरू गरिएको जानकारी दिए । अध्यक्ष...
-
२०८१ चैत्र २०, बुधबार
उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको व्यापार बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासङ्घ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार अभिवृद्धि सम्बन्धी आपसी सहकार्यका लागि समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्याण्ड भ्रमणका क्रममा बुधबार महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले समझादरीपत्रमा हस्ताक्षर गरेका हुन् । यो समझदारीले नेपाल र...
-
२०८१ चैत्र १९, मंगलबार
कुलमान र हितेन्द्रदेवको रिट सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा
काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाएको भन्दै कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। रिटको सुनुवाइ बुधबार हुने सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेका रिटमाथि...
-
२०८१ चैत्र १८, सोमबार
दुर्गा प्रसाईसहित १० जनालाई विदेश यात्रामा प्रतिबन्ध
काठमाडौं - गृहमन्त्रालयले राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न जनकमाण्डर दुर्गा प्रसाईसहित राप्रपाका नेताहरूको विदेश यात्रामा प्रतिबन्ध लगाएको छ। गृहमन्त्रालयले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कमाण्डर प्रसाईसहित राप्रपाका नेताहरू धवल शमशेर राणा र रविन्द्र मिश्रलाई विदेश यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। राणा राप्रपाबाट प्रतिनिधिसभा सदस्य हुन्। गृहमन्त्रालय उच्च...
-
२०८१ चैत्र १८, सोमबार
पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । तीनकुनेमा गत शुक्रवार भएको राजावादी समूहको आन्दोलन हिंस्रक हुनुमा पूर्वराजा शाहको समेत संलग्नता भएको उनले दाबी गरे । उनले जुनसुकै आवरणमा पनि हिंस्रक आन्दोलन गर्ने जोसुकैलाई कानूनी दायरामा ल्याइने दाबी गरे । उनले पूर्वराजा...
-
२०८१ चैत्र १७, आइतबार
दुर्गा प्रसाईंको सुरक्षा दस्ताका तीन जना पक्राउ
दुर्गा प्रसाईंले गठन गरेका सुरक्षा दस्ताका सहसंयोजक र महासचिवसहित तीन जना पक्राउ परेका छन्। आइतबार बेलुका प्रहरीको विशेष टोलीले काठमाडौँको तिलगंगाबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पीडीएफ सहसंयोजक गोपाल बोहरा, महासचिव दानवीर न्यौपाने र एटीएफका केन्द्रीय सदस्य अनिल थापालाई प्रहरीले पक्राउ गरेको हो। यसअघि १११ जना पक्राउ परेका थिए। उनीहरूमध्ये ४१ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान...
-
२०८१ चैत्र १७, आइतबार
रवीन्द्रसहित ११ जनाको सुनुवाइ सकियो
काठमाडौं - राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरासहित ११ जनालाई राज्यविरुद्धको कसुरसहित तीनवटा अभियोगमा अनुसन्धान गरिनुपर्ने माग गर्दै अदालतमा उपस्थित गराइएको छ । उनीहरुको सुनुवाइ सकिएपछि अहिले जिल्ला प्रहरी परिसरतर्फ लगिएको छ । बाँकी ३० जनाको सुनुवाइ जारी रहेको बताउँदै आदेश एकैसाथ आउने जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।
-
२०८१ चैत्र १७, आइतबार
विवादित अडियो बाहिरिएपछि सुदूरपश्चिमका मन्त्रीले दिए राजीनामा
काठमाडौं - सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले शनिबार (चैत १६) पदबाट राजीनामा दिएका छन् । विवादित अडियो बाहिरिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए । शनिबार उनले मुख्यमन्त्रीको निवास पुगेर राजीनामापत्र बुझाएका शाहको सचिवालयले जनाएको छ । चौधरी नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मन्त्री बनेका थिए । विवादित एउटा अडियो...
-
२०८१ चैत्र १७, आइतबार
‘तीनकुने हिंसा’को सबै जिम्मा पूर्वराजाले लिनुपर्छ : कांग्रेस
काठमाडौं - कांग्रेसले ‘तीनकुने हिंसा’को जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आन्दोलन गर्ने समिति ज्ञानेन्द्र शाहले नै बनाएको भन्दै सम्पूर्ण घटनाको जिम्मा पूर्वराजाले लिनुपर्ने निष्कर्ष कांग्रेसले निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी गराए । “अराजक अवस्था देखाइयो । त्यसमा...
-
२०८१ चैत्र १७, आइतबार
रवीन्द्र, धवललाई रिहा गर्न राप्रपाको ‘अल्टिमेटम’
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार (चैत १५) तीनकुनेमा राजावादीको शान्तिपूर्ण प्रदर्शनमा सरकारले ज्यादती गरेको आरोप लगाएको छ । सरकारले नै हिंसा भड्काएको राप्रपाले निष्कर्ष निकालेको छ । शनिबार (चैत १६) पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकबाट उक्त घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गरिएको छ । त्यसक्रममा पक्राउ गरिएका आफ्ना पार्टीका...
-
२०८१ चैत्र १६, शनिबार
समाजवादीको कार्यालय अनुगमनमा मोर्चाका नेताहरू
काठमाडौँ - समाजवादी मोर्चाका नेताहरू शनिबार बिहान आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा भएको क्षतिको अनुगमनका लागि पुगेका छन् । शुक्रबार व्यवस्था उल्टाउने भन्दै सडकमा उत्रिएका राजवादीहरूको समूहले पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै लुटपाट र आगजनी गरेका थिए । अनुगमनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’,...


