STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

ज्ञानेन्द्रलाई संवैधानिक राजा बनाउन सकिँदैन : गगन थापा

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र २९, शुक्रबार

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जति धोए पनि सफा बनाउन नसकिने बताएका छन् । नेपाली कांग्रेस बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले निर्मल निवासमा बसेर त उत्पात मच्चाउने ज्ञानेन्द्रले नारायणहिटी राजदरबारमा बसेको भए के गर्थे होला भन्दै प्रश्न गरे । 

‘पूर्वराजा ज्ञानेन्द्र शाहलाई पति धोए पनि सफा बनाउन सकिँदैन,’ महामन्त्री थापाले भने, ‘निर्मल निवासमा बसेर त काठमाडौंमा यस्तो उत्पात मच्चाए । अझ नारायणहिटी दरबारमा बसेको भए के गर्थे होला र?’

राजावादीहरूले काठमाडौंमा मात्रै उत्पात मच्चाउन खोजेको र देशका उपत्यका बाहेकका ठाउँमा राजावादीहरूको कुनै पनि कार्यक्रम नभएको थापाले बताए । थापाले भने, ‘म देश घुमेर आए । उपत्यका बाहिर पूरै ठाउँ घुमेर आए । केही छैन । सुनसान छ । काठमाडौंमा मात्रै उत्पात मच्चाउन खोजिएको छ ।’

राजावादीहरूको आन्दोलनले केही परिवर्तन गर्न नसक्ने दाबी गर्दै थापाले त्यसको व्यवस्थापनमा समय खेर जाने भयो भन्ने चिन्ता मात्रै आफूलाई रहेको बताए । 

कांग्रेसले स्थापना कालदेखि नै राजसंस्थालाई संवैधानिक बनाउनुपर्छ भनेको र २०४६ सालको जनआन्दोलन सफल भएपछि संवैधानिक राजसंस्था राखिएको बताउँदै महामन्त्री थापाले ज्ञानेन्द्र व्यवहारका कारण आफूहरू लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जान बाध्य भएको बताए । 

अनुभवका आधारमा परिपक्व निर्णय गरेर यो व्यवस्थामा पुगिएको भन्दै अब पुरानो अवस्थामा फर्कन असम्भव रहेको उनको भनाइ थियो ।  जनताले छानेका प्रतिनिधि देश चलाउन सक्षम रहेको थापाले बताए । बरु मुलुकमा रहेको भ्रष्टाचार र कुशासन कसरी अन्त्य गर्ने भन्नेमा ध्यान दिनुपर्ने उनको भनाई थियो ।

Categorized in राजनीति