STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०८० पौष १०, मंगलबार

    प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

    काठमाडौँ - प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी दिए ।  आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। ‘पुस १० गते साँझ ठिक  ५ बजे प्रधानमन्त्री  प्रचण्डले आफ्नो कार्यकालको १ वर्ष...

  • २०८० पौष ९, सोमबार

    कोइरीको सांसद पद निलम्बन फुकुवा

    काठमाडौं- नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । कोइरी गत वैशाख १९ गते निलम्बनमा परेका थिए । आइतबार उनको निलम्बन फुकवा भएको हो । २०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोग लागेका फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरी ४ मंसिर २०७९ मा भएको चुनावमा महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका...

  • २०८० पौष ९, सोमबार

    संघीय सांसदत्रय खनाल, पराजुली र शाहद्वारा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना

    काठमाडौं - काठमाडौं क्षेत्र नं. ६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शिशिर खनाल, ७ बाट निर्वाचित गणेश पराजुलीका र समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य असिम शाहको संयुक्त आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । ‘जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छ’ भन्ने मान्यतालाई आत्मसात गर्दै काठमाडौं नयाँ बसपार्कस्थित बिजी ब्यांक्वेटमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै समानुपातिक सांसद असिम...

  • २०८० पौष ६, शुक्रबार

    प्रधानमन्त्रीले दिए मन्त्रिमण्डल पुनर्गठनको संकेत

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन हुने संकेत गरेका छन् । सरकारको एक वर्ष पुग्नै लागेको बेला दाहालले पार्टी पदाधिकारी बैठकमा मन्त्रालयको काम अपेक्षा गरेअनुसार नभएको उल्लेख गर्दै मन्त्रिपरिषद् हेरफेर हुन सक्ने बताएका हुन् । माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले सरकारको कार्यशैली परिवर्तन गरी आक्रामक ढंगले काम गर्ने बताएको जानकारी...

  • २०८० पौष ५, बिहिबार

    नवनियुक्त ६ जना न्यायाधीशहरुले लिए शपथ

    काठमाडौँ - सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा न्यायाधीशहरूलाई प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सुनिल पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद...

  • २०८० पौष ५, बिहिबार

    मन्त्री किरातीको स्पष्टीकरण : म सबै धर्म मान्नेको अभिभावक हुँ

    काठमाडौं- आफ्नो भाषण विवादित बनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  सुदन किरातीले आफू सबै धर्म मान्नेको अभिभावक भएको स्पष्टीकरण दिएका छन् ।  बुधबार काठमाडौं उपत्यकाव्यापी संयुक्त बृहत् कृष्टियन महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री किरातीले गरेको भाषण विवादित बनेपछि उनले आज सामाजिक सञ्जालमार्फत ‘सबै धर्मको सम्मान गर्नुपर्ने’ बताएका हुन् ।  मन्त्री किरातीले हिजो भाषण गर्ने...

  • २०८० पौष ५, बिहिबार

    मन्त्री किरातीको बर्खास्ती माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन

    काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति सङ्गठनले आन्दोलन गरेको छ । बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले दिएको अभिव्यक्ति आपत्तिजनक भन्दै पशुपतिनाथ मन्दिर परिसरमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले मन्त्री किरातीको राजीनामा पनि माग गरेका छन् । बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियनलाई स्वीकार नगर्नेहरू...

  • २०८० पौष ४, बुधबार

    सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् । न्यायपरिषदले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका हुन् । यसअघि बुधबार नै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो ।

  • २०८० पौष ३, मंगलबार

    वीर अस्पतालका निर्देशक डा. सन्तोषलाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं -सर्वोच्च अदालतले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाएर मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलवार दुवै पक्षको बहसपछि तत्काल पौडेललाई हटाउने निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो । यो आदेशसँगै निर्देशक डा.पौडेल पुनर्वहाली हुनेछन् ।

  • २०८० पौष ३, मंगलबार

    एनसेलबाट कर असुल्न र शेयर कारोबार रोक्न संसदीय समितिको निर्देशन

    काठमाडौँ - सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले राज्यलाई तिर्नुपर्ने कर रकम असुल उपर गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले एनसेलको शेयर खरिदबिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समिति–२०८० को प्रतिवेदनसमेतलाई आधार लिई राज्यलाई बुझाउनुपर्ने कर रकम एनसेलबाट असुल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार...

  • २०८० मङ्सिर २४, आइतबार

    एनसेलको सेयर खरिद बिक्रीबारे समितिले छानबिन थाल्यो

    काठमाडौं - सरकारले एनसेलको सेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न बनाएको 'एनसेलको सेयर खरिद बिक्री  अध्ययन तथा छानबिन समिति'लाई ३० दिनको समयसीमा दिएको छ। मन्त्रिपरिषदको मंसिर २१ गतेको बैठकले एनसेलको सेयर खरिद बिक्री छानबिन गर्न समिति बनाउने निर्णय गरेको थियो।  सरकारले समितिलाई ३० दिनभित्रमा प्रतिवेदन पेस गर्ने कार्यादेश दिएको छ। अध्ययन समितिले आजैबाट औपचारिक रूपमा काम सुरु गरेको छ। सरकारले दिएको...

  • २०८० मङ्सिर २४, आइतबार

    सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मंसिर २९ गते

    काठमाडौं- संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरूसँग छलफल सकेको छ । प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध विभिन्न १० जना व्यक्तिले उजुरी दिएका थिए । आइतबार समितिको बैठकमा उजुरीकर्तासँग उनीहरूले उजुरीमा उठाएका विषयमा छलफल गरिएको हो । अब प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ मंसिर २९ मा मात्र हुने प्रतिनिधि सभाका सचिव पदमप्रसाद पाण्डेयले...

Pages