STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र ६, बुधबार

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूलाई दरबारीया भन्दै अगाडि बढ्ने दुस्साहस नगर्न चेतावनी दिएका छन्। 

सोमबार राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो चेतावनी दिएका हुन्। 

यो व्यवस्थामा केही पनि भएन भन्नु गलत हो। हामीले केके गरियो भन्ने बुझाउन सकिएन, उनले भने, अहिले इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस भइरहेको छ। दरबारियाहरू अगाडि बढ्ने दुस्साहस गरेका छन्।

त्यस्तै उनले आफू नेतृत्वको पार्टी सरकारमा जाने विषयमा कांग्रेस-एमालेसँग कुनै छलफल नभएको पनि दाबी गरे।  

सरकारमा जाने पार्टीको नीति छैन। त्यसमाथि सरकारको विषयमा मिलनविन्दु हामीले देखेका छैनौँ, उनले भने, सरकारमा जानेबारे औपचारिक कुरा पनि भएको छैन।

Categorized in राजनीति