STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७५ फाल्गुण १५, बुधबार

    नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रमका पाँच कार्यकर्ता पक्राउ

    इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङको छायाँदेवी माविबाट प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कमिटी इलामका सदस्य विमल बस्नेत, भोेजपुरका अमृत मगर, धनकुटाका विक्रम राई, झापाका बाबा लिम्बू र ताप्लेजुङका केबी लिम्बू छन् । मङ्गलबार शहीद परिवारलाई सम्मान गर्न भन्दै विद्यालयको खेलमैदानमा चन्द समूहले आयोजना गरेको एक...

  • २०७५ फाल्गुण १४, मंगलबार

    राप्रपाः हिन्दूराष्ट्र कायम गराउन मेची महाकाली यात्रा

    –कृष्णराज गौतम राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिन बुधबारदेखि मेची महकाली यात्रा गर्दैछ । यही फागुन १५ गते ताप्लेजुङबाट शुरु भई मुलुकका ३६ जिल्लामा हुने उक्त यात्रा काठमाडौँमा आएर समापन गरिने छ । दुई हजार ८०० किलोमिटरको यात्रामा सम्बन्धित जिल्लाका सङ्गठनले यात्राका क्रममा आवश्यक समन्वयन र सहयोग गर्ने तथा यात्रा अवधिभर...

  • २०७५ फाल्गुण १३, सोमबार

    नख्खु बम विस्फोट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले जिम्मेवारी लिए

    ललितपुरको नख्खुमा शुक्रवार साँझ एक सर्वसाधारणको ज्यान जाने गरी गराइएको विस्फोटको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले जिम्मेवारी लिएको छ । सो पार्टीका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले बीबीसी नेपालीसँग आइतवार साँझ कुरा गर्दै त्यसको पुष्टि गरे। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि गराइएको विस्फोटमा सर्वसाधारणको ज्यान गएकोमा आफूहरूलाई दुःख...

  • २०७५ फाल्गुण ११, शनिबार

    पहिचानविरोधीहरूलाई टेवा दिनु सर्पलाई दुध ख्वाउनु होः सहअध्यक्ष श्रेष्ठ

    सङ्घीय समाजवादी फोरम, नेपाल काठमाडौँ महानगरपालिका वडा नं १३ को प्रथम वडा अधिवेशन शनिवार कालिमाटीस्थित एफ टेन ब्यान्क्वेटमा सम्पन्न भएको छ । एक भव्य समारोहका बिच उक्त अधिवेशनको उद्घाटन गर्दै पार्टीका सहअध्यक्ष तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठले अहिले कतिपय नेपाली काङ्ग्रेस र कम्युनिष्ट पार्टीलाई मत हाल्ने साथीहरूले आफूसँग भेट्दा ३ नम्बर प्रदेशको नाम नेवाःताम्सालिङ हुनु पर्छ, नेपालमण्डल हुनु...

  • २०७५ फाल्गुण ७, मंगलबार

    एकतन्त्रीय राणा शासन विरूद्ध सुरू २००७ सालको क्रान्ति

    २००७ सालको क्रान्ति लाई नेपालको प्रजातन्त्रिक आन्दोलन पनि भनिन्छ। देशमा विद्यमान एकतन्त्रीय राणा शासन विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो। यस क्रान्तिमा नेपाल प्रजा परिषद् नेपाली कांग्रेस पार्टीहरूले भाग लिएका थिए। नेपाली कांग्रेसको नेतृत्त्वमा भएको देशव्यापी शसस्त्र क्रान्ति पछि विभिन्न ठाउँमा राणा...

  • २०७५ माघ २५, शुक्रबार

    नेकपाका सांसदले घरभाडा नलिने

    प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदले घरभाडा नलिने घोषणा गरेका छन् । प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेकाले उनीहरुले भाडा नलिने घोषणा गरेका हुन् । माघ महीनादेखि लागू हुने गरी घरभाडा नलिने निर्णय भएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो । सांसदहरूले घरभाडास्वरूप प्रतिमहीना रु १५...

  • २०७५ कार्तिक १६, शुक्रबार

    मिलेर जानाको विकल्प छैनः प्रदेशमन्त्री स्थापित

    प्रदेश नं ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितले अहिलेको राजनीतिक परिस्थितिमा सबै मिलेर जानाको विकल्प नभएको बताउनुभएको छ । पत्रकारसँग कुरा गर्दै उहाँले प्रदेश सरकारका मुख्यमन्त्रीसंँग आफ्नो सम्बन्ध राम्रो भएको र सरकार सञ्चालन सम्बन्धमा आवश्यक छलफल भइरहने गरेको स्पष्ट गर्नुभयो ।

  • २०७५ कार्तिक १५, बिहिबार

    नेवाः स्वायत्त प्रदेश र ताम्सालिङ स्वायत्त प्रदेश घोषणाको माग

    नेवाः ताम्सालिङ समन्वय समितिले नेवाः स्वायत्त प्रदेश र ताम्सालिङ स्यायत्त प्रदेश घोषणा गर्न माग गर्दै विभिन्न कार्यक्रम अगाडि सारेको छ । समितिले संख्याकरण गरी नेवाः स्वायत्त प्रदेश र ताम्सालिङ स्वायत्त प्रदेश घोषणा गर्नुपर्ने माग गरी कोणसभा अभियान सुरु गरेको हो । अमियानले बुधबार काठमाडौंको असनमा कोणसभा गरेको थियो भने साँझ ३ बजे कालिमातिमा पनि कोणसभा गरेको थियो । त्यसैगरी बुधबार देखि नै कार्तिक १९...

  • २०७४ फाल्गुण ११, शुक्रबार

    राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएकामा सर्वोच्चमा रिट निवेदन दायर

    काठमाडौँ, सर्वोच्च अदालतमा राष्ट्रियसभा सदस्यका लागि पूर्वसरकारबाट सिफारिशमा परेका तीन व्यक्तिले ‘असंवैधानिक रुपमा आफूहरुलाई मनोनीत नगरिएको’ भन्दै आज रिट निवेदन दायर गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई आज अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका सदस्यका लागि सिफारिश गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी...

Pages