STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७५ चैत्र ११, सोमबार

    काङ्ग्रेस संसदीय दल बैठक बस्दै

    समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको काङ्ग्रेसले जनाएको छ । बैठकमा पार्टीले संसद्मा खेलेका भूमिकाका बारेमा समीक्षा हुने बताइएको छ । साथै बैठकमा जनचासोका सार्वजनिक मुद्दा, सरकारका काम कारवाहीलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो...

  • २०७५ चैत्र ११, सोमबार

    महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा : सिंह

    नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’ भएको बताउनुभएको छ । झापाको विर्तामोडमा नेपाल प्रेस युनियनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीका विभिन्न नेताले महाधिवेशनको लाइन विपरीत बोलेका विचार निजी हुने स्पष्ट पार्नुभयो । “नेपाली काङ्ग्रेस लोकतान्त्रिक पार्टी...

  • २०७५ चैत्र १०, आइतबार

    पार्टीभित्र गुट हुनु स्वाभाविक होः नेता कोइराला

    नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताउनु भएको छ । नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।” नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन...

  • २०७५ चैत्र ८, शुक्रबार

    नेतृत्वविहीन ‘नेपाल विद्यार्थी सङ्घ’

    नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० अहिले नेतृत्वविहीन अवस्थामा पुगेको छ । नेविसङ्घ को ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले राजीनामा दिइसकेको अवस्थामा पनि तदर्थ समिति गठन नहुँदा नेविसङ्घ नेतृत्वविहीन बन्न पुगेको छ । नेपाली काङ्ग्रेसका प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेविसङ्घको विसं २०७३ साउनमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले विसं २०७५ माघमा राजीनामा दिएसँगै नेविसङ्घ...

  • २०७५ चैत्र ७, बिहिबार

    देशको राजनीति सङ्घवादी र गैरसङ्घवादीबिच ध्रुविकृत हुँदै गएको छ ः सहअध्यक्ष श्रेष्ठ

    भक्तपुर, चैत्र ५  सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा पार्टी नीति तथा कार्यक्रम मस्यौदा समितिका संयोजक राजेन्द्र प्रसाद श्रेष्ठले अहिले देशको राजनीति सङ्घवादी र गैरसङ्घवादीबिच ध्रुविकृत हुँदै गएको बताएको छ । उनले उक्त कुरा पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको आयोजनामा भक्तपुरको सूर्यविनायकमा भएको कार्यशाला गोष्ठीमा समापन मन्तव्य दिंदै बताएको हो । संयोजक श्रेष्ठले सङ्घीय समाजवाद...

  • २०७५ चैत्र ६, बुधबार

    थरुहट आन्दोलनको तयारी

    थरुहट प्रदेशको माग गर्दै आएको थरुहट/थारुवान संघर्ष समितिले बर्दियामा राष्ट्रिय भेलाको तयारी थालेको छ । संघर्ष समिति र थारु कल्याणकारिणी सभा (थाकस)ले चैत १६ गते बर्दियामा हुने थरुहट आन्दोलन, नेतृत्व र अबको बाटो विषयक राष्ट्रिय भेलाको तयारी थालेको हो । २०७२ भदौ ७ गते टीकापुर घटना घटेपछि उठ्न नसेको सो आन्दोलनबारे रणनैतिक योजना तय गर्नेबारे छलफल हुने थाकस कैलालीका कार्यवाहक सभापति माधव चौधरीले...

  • २०७५ फाल्गुण २८, मंगलबार

    कम्युनिष्ट पार्टी (नेकपा) ‘विप्लव’ अपराधिक संगठन ठहर , प्रतिबन्ध लगाउने घोषणा

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह भनी चिनिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको समूहलाई सरकारले अपराधिक संगठन ठहर गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको हो । उक्त समूहले विकासका पूर्वाधारमाथि बम बिस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।

  • २०७५ फाल्गुण २७, सोमबार

    खतराप्रति सतर्क रहन सरकारलाई आग्रह

    नेकपा ( माले ) को स्थायी कमिटी बैठकले सरकारले राष्ट्र–विखण्डनकारी गतिविधिमा लागेको सिके राउत समूहलाई शान्तिपूर्ण क्रियाकलापमा ल्याउनु सकारात्मक रहेको जनाएको छ । पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षतामा बसेको बैठकले उक्त समूहले आफ्नो माग ( मधेश स्वतन्त्र देश ) बारे ‘जनमत सङ्ग्रह’ गर्न सरकार राजी भएको प्रचार गर्न थालेकाले सो विषयमा सरकारले अविलम्ब आफ्नो राय सार्वजनिक गर्नुपर्ने निणर्य गरेको छ ।...

  • २०७५ फाल्गुण २६, आइतबार

    पार्टी १५० किलोको मालाले होइन सही नीति र विचारले बन्छः सहअध्यक्ष श्रेष्ठ

    नुवाकोट, सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पार्टी नेता प्रधान नभई नीति प्रधान हुनुपर्ने कुरा बताएको छ । उनले उक्त कुरा यहि शनीवार नुवाकोटको रानीपौवामा भएको जिल्ला समिति पुनर्गठन भेलामा प्रमुख अतिथिको आशनबाट बोल्दै बताएको हो । नेता श्रेष्ठले पार्टी नेताहरूलाई १५० किलोको माला पहिर्याई दिएर वा व्यक्ति पुजाको शैलीबाट होइन सही नीति र विचारको कार्यान्वयनको आधारमा बन्ने...

  • २०७५ फाल्गुण २६, आइतबार

    नेकपा विप्लवको घोषणा : फागुन ३० गते नेपालबन्द !

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा आउँदो फागुन ३० गते नेपालबन्द घोषणा गरेको छ । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ति सार्वजनिक गरी आफ्नो पार्टी नेता कार्यकर्ता गिरफ्तारी, झूठा मुद्दा, कपिलवस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलवस्तु र कालिकोट लगायत अन्य जिल्लामा भएको अप्रेशनको विरुद्ध फागुन ३० गते बिहिबार आमहड्तालसंगै नेपालबन्दको आह्वान गरेको छ...

  • २०७५ फाल्गुण २५, शनिबार

    ‘एक्काइसौँ शताब्दीअनुसारको विकास खाँचो छ !’ –प्रधानमन्त्री ओली

    प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अब हरेक घरलाई एक्काइसौँ शताब्दीको दृष्टिअनुसार विकास गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ । रौतहट जिल्लाको गरूडामा शनिबार नेकपाद्वारा आयोजित प्रदेश नं २ स्तरीय आमसभालाई सम्बोधन गर्दै उहाँले हरेक घरलाई एक्काइसौँ दृष्टिले विकास गरेर ‘समृद्ध नेपाल र सुखी नेपाली’को गन्तव्य निहित गराइने बताउनुभयो । तराई मधेशको विकास गर्न सरकारले...

  • २०७५ फाल्गुण २४, शुक्रबार

    सीके राउतसंग सरकारले गर्यो ११ बुँदे सहमति

    सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसंग सरकारले ११ बुँदे सहमति गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिको पहिलो बुँदामा मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ । सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच संघीय लोकतान्त्रिक स्वतन्त्र, स्वाधीनता...

Pages