STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पहिचानविरोधीहरूलाई टेवा दिनु सर्पलाई दुध ख्वाउनु होः सहअध्यक्ष श्रेष्ठ

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ११, शनिबार

सङ्घीय समाजवादी फोरम, नेपाल काठमाडौँ महानगरपालिका वडा नं १३ को प्रथम वडा अधिवेशन शनिवार कालिमाटीस्थित एफ टेन ब्यान्क्वेटमा सम्पन्न भएको छ । एक भव्य समारोहका बिच उक्त अधिवेशनको उद्घाटन गर्दै पार्टीका सहअध्यक्ष तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठले अहिले कतिपय नेपाली काङ्ग्रेस र कम्युनिष्ट पार्टीलाई मत हाल्ने साथीहरूले आफूसँग भेट्दा ३ नम्बर प्रदेशको नाम नेवाःताम्सालिङ हुनु पर्छ, नेपालमण्डल हुनु पर्छ भन्ने गरेको तर पार्टीमा भने कुनै भुमिका नखेलेको भन्दै खाइसि रोपेर सुन्तला नफल्ने बताए । उनले भने ‘सच्चा सङ्घवादीहरूले मात्र पहिचान र अधिकार सहितको सङ्घीयतालाई आत्मसात गर्दछ । पहिचानविरोधीहरूलाई टेवा दिनु सर्पलाई दुध ख्वाउनुजस्तै हो ।’ प्रमुख अतिथि श्रेष्ठले मातृभाषामा शिक्षा दिने स्कूल खोल्नका लागि पहल थालेकोमा ललितपुर महानगरपालिकालाई धन्यवाद दिंदै काठमाडौँ महानगरपालिका किन सुतिरहेको छ रु भन्ने प्रश्न गरे । उनले भने, ‘यदि काठमाडौँ महानगरपालिकामा हामीले जितेको भए अहिले नेपालभाषाको माध्यमबाट पढाउने स्कूल खोल्ने तथा महानगरपालिकामा सेवाका लागि नेपालभाषा पनि जानेको हुनुपर्ने व्यवस्था भइ सक्थ्यो ।’ २०५४ सालमा पार्टीको निर्वाचन घोषणापत्र कार्यान्वयनको क्रममा काठमाडौँ महानगरपालिकाले पवित्र वज्राचार्यको संयोजकत्वमा कार्यदल गठन गरी नेपालभाषालाई पनि नेपाली सरह सरकारी कामकाजको भाषा बनाउँदा तत्कालिन नेकपा ९एमाले०का महासचिवले नै विरोध गरेको र पार्टी निकटका व्यक्तिहरूलाई मुद्दा राख्न लगाएर उल्टाएको भन्दै अहिले पनि सतर्क रहन उनले जनतालाई आग्रह गरे । नेता श्रेष्ठले भने, ‘अहिले पनि सङ्घीय संसदले ऐन कानुन बनाएर मात्र पार्टीको दायित्व पूरा हुँदैन, त्यसका लागि काठमाडौँ महानगरपालिका लगायतका स्थानीय तहमा त्यहाँ बाहुल्यता भएको राष्ट्रिय भाषामा स्कूल खोल्न ससफोले सङघर्ष गर्नु पर्छ र जनदवाव सृजना गर्नु पर्छ । उनले वर्तमान प्रधानमन्त्रीले साम्यवादीको खोल ओडेर हिन्दुवाद र जातीय शासनलाई पुनरावृति गर्न खोजेको भन्दै राप्रपा नेता कमल थापासँगको भेटमा हिन्दुराज्यका लागि शुभकामना दिएकोमा आपत्ति जनाए । अध्यक्ष जुजुकाजी महर्जनको अध्यक्षतामा भएको उक्त अधिवेशनमा पार्टीका पार्टीका केन्द्रीय सल्लाहकार समितिका प्रमुख डां महेशमान श्रेष्ठले आदिवासी जनजाति, मधेसी, मुस्लिम, खस लगायत सबै उत्पीडितको मुद्दा ससफोले मात्र बोकेको स्पष्ट पारे । उनले भने, ‘ससफोले सडक विस्तारको नाममा नेवाः विस्थापन, आउटर रिङ्रोडको नाममा आप्रवासन बढाउने सरकारी नीति, ऐतिहासिक सम्पदाको संरक्षण जस्ता मुद्दामा सदनमा आवाज बुलन्द गर्ने र सतकमा आन्दोलन गर्ने काम ससफोले मात्र गरेकाले अब स्पष्ट भएको छ यहाँको आदिवासीको हकहीत रक्षाका लागि एक मात्र विकल्प ससफो हो ।’ अधिवेशनमा, केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज पवित्र वज्राचार्यले भने, ‘नेकपा र काङ्ग्रेसका नेताहरूले शक्तिको दुरुपयोग गरेर रातारात करोडौँ अरबौ सम्पति जोडेका छन् । भ्रष्टाचार नगरेको भए चप्पल लाएर काठमाडौँ छिरेका नेताहरूको रातारात महल, गाडी कसरी सम्भव हुन्छ भनि प्रश्न गर्नुभयो । अधिवेशनका अर्का वक्ता पार्टीका वैकल्पीक केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष मनरत्न शाक्यले संगठन सुदृढीकरणमा जोड दिए । अधिवेशनमा जिल्ला सचिव सुवर्ण श्रेष्ठ, जिल्ला समितिका सदस्यहरू श्यामकृष्ण प्रजापति, राजाराम तण्डुकार, पार्टी जिल्ला सदस्य तथा महानगर अध्यक्ष मंगल रत्न ताम्राकार लगायत ठूलो सङ्ख्यामा स्थानीय बुद्धिजीवीहरूको पनि उपस्थिति रहेको थियो । रविन्द्र मानन्धरले उद्घोषण तथा मञ्जुरी महर्जनले स्वागत गरेको उक्त अधिवेशनको बन्द सत्रले सर्वसम्मत रूपमा ९ सदस्यीय वडा समिति निर्वाचित गरेको छ । समितिका पदाधिकारी अध्यक्ष श्रीकृष्ण महर्जन उपाध्यक्ष मञ्जुरी महर्जन सचिव रविन्द्र मानन्धर कोषाध्यक्ष भाइराजा तुलाधर सदस्यमा मंगल नारायण मानन्धर , सानुमैयाँ डंगोल ,लक्ष्मी डंगोल अशोक मालाकार र सदस्य सुमन महर्जन रहेका छन ।
Categorized in राजनीति