STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

शिक्षक र शिक्षा मन्त्रालयबीच छलफल

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र २९, शुक्रबार

काठमाडौं - आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबीच शुक्रबार पनि छलफल भएको छ । आजको वार्तामा शिक्षामन्त्री विद्या भट्टराई सहभागी नभएको बताइएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको नेतृत्वमा शिक्षकहरुसंग छलफल भएको हो । छलफलमा दुवै पक्षले आ-आफ्ना कुराहरू राखे ।

शिक्षा मन्त्रालयले बोलाएपछि हिजो (बिहीबार) पहिलो छलफल भएको थियो । आज पुनः छलफलमा बस्ने गरी हिजोको छलफल सकिएको थियो । 

हिजोको पहिलो छलफलमा शिक्षकहरूले ध्यानाकर्षण पत्र बुझाउँदै पुराना सहमतिहरू र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरूको २४ बुँदे सूची बुझाएका थिए । 

उनीहरूले नयाँ ऐन जारी गर्ने सवालमा सरकारको मार्गचित्र के हो ? भन्ने विषयमा सरकारको प्रष्टता खोजेका थिए ।  त्यस्तै विगतमा सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा आवश्यक निर्णय लिन किन ढिला गरेको ? त्यसको समेत ठोस जवाफ माग गरेका थिए । 

यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेमा मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौँमा सडक आन्दोलन गर्दै आएका छन् । 

Categorized in राजनीति