
राजावादीद्वारा सोमबार उपत्यका बन्द घोषणा
Janjati Khabar – Janjati Khabar | २०८२ जेठ १८, आइतबार

काठमाडौं - राजसंस्थाको पक्षमा आन्दोलन गरिरहेको संयुक्त जनआन्दोलन समितिले सोमबारका लागि उपत्यका बन्दको घोषणा गरेको छ ।
संयोजक नवराज सुवेदीले आइतबार विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपकबहादुर सिंहलगायतलाई पक्राउ गरिएको विरोधमा राजावादी समूहले नेपाल बन्दको घोषणा गरेको हो ।
‘प्रहरी हिरासतमा भेट्न जाने क्रममा राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य दीपक सिंहलाई संसदीय मर्यादाविपरीत प्रहरीले हिरासतमा लिएबाट यो सरकार लोकतन्त्र र संसदीय परम्पराको बर्खिलाफ रहेको प्रमाणित भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं ।’