STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

Janjati Khabar | २०८२ माघ २६, सोमबार

झापा, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज हुलाकी राजमार्ग तथा गौरीगञ्ज बजारको अवलोकन गर्नुभएको छ । 
चुनावी अभियानका क्रममा गृह जिल्ला आउनुभएका ओलीले सडक र बजार अवलोकनसँगै मतदातासँग भेटघाट समेत गर्नुभएको छ । 
उहाँले खजुरगाछी, देवीगञ्ज, जनताचोक, मल्हाटोली, दिनाभद्री, चिल्हरा, श्याम टोली, छहारी चोक, हरिरा, गौरीगाडाँगीलगायत बस्तीमा पुगेर मतदाता अपेक्षा, गुनासो सुन्दै भावी कार्ययोजनाका बारेमा जानकारी दिनुभयो । 
शुक्रबारदेखि नै अध्यक्ष ओली आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा केन्द्रित हुनुभएको छ ।
स्थानीयले यस क्षेत्रको विकासका लागि उहाँले पु¥याउँदै आएको योगदानको चर्चा गर्दै फेरि पनि जितेर बाँकी कामहरू पूरा गर्न आग्रह गरेको प्रचार समिति संयोजक देवेन्द्र दाहालले बताउनुभयो ।

Categorized in राजनीति