STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री बालेनलाई चीन, अमेरिका र बेलायतबाट बधाई

Janjati Khabar – Janjati Khabar | २०८२ चैत्र १३, शुक्रबार

काठमाडौँ - चीनले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहण गरेको अवसरमा बधाई तथा शुभकामना दिएको छ ।

चीन सरकारले एक औपचारिक सन्देश जारी गर्दै प्रधानमन्त्री बालेनको सफल कार्यकालको कामना गर्दै नेपालसँगको परम्परागत मित्रता र आपसी सहकार्यलाई अझ सुदृढ बनाउन तत्पर रहेको जनाएको छ ।

सन्देशमा चीनले नेपालसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितका क्षेत्रमा व्यावहारिक सहयोग विस्तार गर्न इच्छुक रहेको उल्लेख गरिएको छ ।

नयाँ सरकारसँग सहकार्य गर्दै आपसी विश्वास, विकास साझेदारी र क्षेत्रीय स्थायित्वमा योगदान पुर्‍याउने चीनको प्रतिबद्धता पनि उक्त सन्देशमा व्यक्त गरिएको छ ।

बेलायती दूतावासद्वारा प्रधानमन्त्री बालेनलाई बधाई

नेपालमा रहेको ब्रिटिश दूतावासाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएको छ ।

शुक्रबार दूतावासले जारी गरेको सन्देशमा प्रधानमन्त्री बालेलनले पदभार ग्रहण गरेकोमा बधाई दिँदै बेलायत र नेपाल बिचको सम्बन्ध अब आधुनिक साझेदारीतर्फ उन्मुख भइरहेको उल्लेख गरिएको छ ।

सन्देशमा आर्थिक वृद्धि, युवा रोजगारी र जलवायु उत्थानशीलता जस्ता प्राथमिक क्षेत्रहरूमा सहकार्य विस्तार हुने विश्वास व्यक्त गरिएको छ।

नयाँ सरकारले आफ्ना प्राथमिकता तय गर्दै अघि बढिरहेको सन्दर्भमा बेलायतले यी लगायत अन्य क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको पनि दूतावासले जनाएको छ।

नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाले दियाे बधाई

नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । शुक्रबार अमेरिकाले शाहलाई बधाई दिएको हाे ।

काठमाडाैँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ ।

Categorized in राजनीति