STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०८० आश्विन १७, बुधबार

    सांस्कृतिक शान्ति पदयात्राले ‘नमोबुद्धमा थपियो उत्साह’

     धार्मिक तथा ऐतिहासिक महत्व बोकेको नमोबुद्धमा सांस्कृतिक शान्ति पदयात्राले थप उत्साह बढाएको छ । नमोबुद्धको महत्व र यसको विशेषतालाई पदयात्राले प्रवद्र्धन गरेको छ ।     पूर्वाधार विकास निर्माण र प्रचारप्रसारका साथै आफ्नो ठाउँको ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण विकासमा नमोबुद्ध नगरपालिकाले विशेष जोड दिँदै आएको छ । नगरपालिकाले नमोबुद्धको पहिचान, ऐतिहासिक एवं धार्मिक महत्वका बारेमा प्रचार,...

  • २०८० आश्विन १२, शुक्रबार

    राष्ट्रपति लगायतले दरबार क्षेत्रमा सवारीसाधन प्रवेश नगराएकोमा मेयर बालेन आभारी

    काठमाडौं- राष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरूले बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा सवारीसाधन प्रवेश नगराएकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आभार प्रकट गरेका छन् । बिहीबार इन्द्रजात्रामा उपस्थित राष्ट्रपति रामचन्द्र पौडेल लगायत भीभीआईपीहरूले जुद्ध शालिकदेखि गद्दी बैठकसम्म पैदल यात्रा गरेका थिए । काठमाडौं महानगरपालिकाले बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा सवारीसाधन निषेध गरेको छ । त्यस...

  • २०८० आश्विन ११, बिहिबार

    राष्ट्रपतिले पहिलोपटक पैदलै हिँडेर गरे इन्द्रजात्राकाे अवलोकन

    काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानु भई जात्रा अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदलै हिडेर गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्दी...

  • २०८० आश्विन १०, बुधबार

    भक्तपुर प्रवेश गर्ने पर्यटकलाई भादगाउँले टोपीले स्वागत

    भादगाउँ , विश्व पर्यटन दिवसका अवसरमा आज भक्तपुर नगर प्रवेश गर्ने पहिलो पर्यटकलाई नगरपालिकाले भाँदगाउँले टोपीले स्वागत गरेको छ । नगरपालिकाले नगर प्रवेश गर्ने खौमा ध्वाका ९ढोका०मा एक अष्ट्रेलियन र १६ भारतीय नागरिकलाई खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ स्वागत गरेको हो ।     ‘पर्यटन र हरित लगानी’ मूल नाराका साथ भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड...

  • २०८० आश्विन १०, बुधबार

    मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल

    काठमाडौँ, १० असोजकाठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको पानी कहिलेसम्म उपत्यकामा ल्याएर वितरण गर्ने भन्नेमा अन्योल रहेको छ ।    सरकारले पनि मेलम्चीको पछिल्लो क्षतिपछि त्यसको पुनःनिर्माणको विषयमा कुनै निर्णय नगरेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । साउनको अन्तिम साता आयोजना स्थलमा थप क्षति पुगेपछि त्यसमा पुगेको क्षतिको विस्तृत अध्ययन...

  • २०८० आश्विन ९, मंगलबार

    ईः अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन

    काठमाडौं- साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शनरत ईः सहितका अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन भएको छ । ईः ले ८ दिनदेखि मेयर र उपमेयरको कार्यालय राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरिरहेका छन् । मंगलबार बिहान उपमेयर सुनिता डंगोल अभियन्ता ईः लाई भेट्न पुगेकी थिइन् । त्यसपछि मेयर बालेन साहले वार्ताका लागि ५ सदस्यीय टोली बनाएका थिए । ईः का तर्फबाट...

  • २०८० आश्विन ९, मंगलबार

    हनुमानढोकामा यःसिँ उठाएसँगै शुरु भयो यँयाः (इन्द्रजात्रा)

    काठमाडौँ  - हनुमानढोकामा यःसिँ ठड्याइएको छ । बिहान १० बजेर ३७ मिनेटमा इन्द्र ध्वजोत्थान गरिएको हो । काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको यःसिँ ठड्याएपछि इन्द्रजात्रा शुरु भएको छ ।  इन्द्रजात्रालाई नेपालभाषामा ‘येंयाः’ भनिन्छ । यँको अर्थ यँमाःद्यः अर्थात् इन्द्र देउता र याः भनेको यात्रा वा जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर...

  • २०८० आश्विन ८, सोमबार

    ईन्द्रजात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पाहुना आउने

    काठमाडौँ उपत्यकाको चिनारीसँग जोडिएको ईन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट  पाहुना आउने भएका छन् ।     काठमाडौँ महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।  महानगरका प्रवक्ता नवीन मानन्धरले दुवै देशबाट २२ जना पाहुना आउने बताउनुभयो । अमेरिकाको फेडरिसवर्ग सिटी र चीनको नान्जिन, छेन्दु र झान्झाउ नगरपालिका र सियान सिटीबाट पाउना आउने उहाँको भनाइ छ ।जात्राको गरिमालाई...

  • २०८० आश्विन ७, आइतबार

    तलेजु दर्शन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुरमा

      भक्तपुर - पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुर आएका छन्। भक्तपुरवासीको निमन्त्रणामा पूर्वराजा शाह यहाँ आएका हुन्। स्थानीयहरूले शाहलाई विशेष सम्मान गर्दै नेपालको झण्डासहित भव्य स्वागत गरेका थिए। पूर्वराजा शाहलाई स्वागत गर्न समर्थकहरूको भीड लागेको थियो। स्वागतका क्रममा समर्थकहरूले 'हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ', 'राजा आउ, देश बचाउ'लगायतका नारा लगाएका थिए। शाहले भक्तपुरको दरबार...

  • २०८० आश्विन ३, बुधबार

    द्रुत बस सेवा सञ्चालन शुभारम्भ

    काठमाडौँ– काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालन शुभारम्भ गरिएको छ । संविधान दिवसको अवसर पारेर भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्क सडक खण्डमा सुरु गरिएको द्रुत बस सेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शुभारम्भ गरेका हुन् । १३ दशमलव ४ किलोमिटरको उक्त सडक खण्डमा द्रुत बस सेवा सञ्चालनका लागि यसअघि नै मार्किङको काम सम्पन्न भइसकेको छ । द्रुत बस सेवा सञ्चालन...

  • २०८० आश्विन २, मंगलबार

    काठमाडौं-भक्तपुर सडकमा डेडिकेटेड लेन

    काठमाडौं- काठमाडौं र भक्तपुरका विभिन्न क्षेत्रमा अहिले धमाधम द्रुत बस सेवाका लागि डेडिकेटेड लेन बनाउने कार्य जारी छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सरकारको द्रुत बस सेवा सञ्चालन गर्ने  योजनाअनुसार भोलि बुधबारदेखि सञ्चालन गर्न लागिएको रत्नपार्कदेखि सूर्यविनायकसम्मका लागि बस सेवाको डेडिकेटेड लाइन तयार भइरहेको हो । अहिले पनि ‘रेड मार्क’ लगाउने कार्य जारी छ । कार्यालयका प्रहरी...

  • २०८० आश्विन २, मंगलबार

    मनाइयो गणेश चतुर्थी पर्व

    काठमार्डौँ, प्रथमपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ ।   सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, धनगणेश, जलविनायक, कार्यविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेश चतुर्थी पर्व मनाइएको हो ।...

Pages