STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंमा तत्काल कार्यकारी अधिकृत पठाउन बालेनको सुझाव

Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण १७, शनिबार

काठमाडौं -नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले विशेष व्यवस्था गरेर भए पनि काठमाडौं महानगरपालिकामा अविलम्ब कार्यकारी अधिकृत पठाउनुपर्ने बताएका छन् ।

कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्ने भन्दै महासचिव पोखरेलले विशेष व्यवस्था गरेर भए पनि कार्यकारी अधिकृत पठाउन सरकारलाई सुझाव दिएका हुन् । 

काठमाडौं महानगरका मेयर बालेनले सामाजिक सञ्जालमा बारम्बार प्रधानमन्त्रीमाथि आक्रोश व्यक्त गर्दै आएका छन् । शुक्रबार पनि उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै ‘मलाई हराउने ताकमा, देशलाई चैँ नडुबाउनुहोला’ भनेर तिखो आक्रोश पोखेका थिए ।   

एक साताअघि पनि बालेनले ‘मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस्’ भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । 

बालेनको लगातारको आक्रोश र असन्तुष्टियुक्त स्टाटस आउन थालेपछि एमाले महासचिव पोखरेलले विशेष व्यवस्था गरेर भए पनि काठमाडौं महानगरमा अविलम्ब कार्यकारी अधिकृत पठाउन सरकारलाई सुझाब दिएका हुन् ।

शुक्रबार बालेनको स्टाटस आएलगत्तै महासचिव पोखरेलले पनि फेसबुक स्टाटसमार्फत नै सरकारलाई यस्तो सुझाब दिएका हुन् । 

उनले लेखेका छन्, ‘‘काठमाडौं महानगरको मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको देखिन्छ । तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन ।’’

‘कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भए पनि अविलम्ब कार्यकारी अधिकृत पठाउनुपर्दछ,’’ पोखरेलले थपेका छन्, ‘‘कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्दछ ।’’

Categorized in उपत्यका