उपत्यका
-
२०८२ भाद्र १२, बिहिबार
कीर्तिपुरे नगर प्रमुख डंगोलको गल्ती : उप–प्रमुख शाक्य मात्र कठपुतली !!!
कीर्तिपुर/हाल कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोल जापान भ्रमणमा हुनुहुन्छ । नगर प्रमुख डंगोल भाद्र ७ गते भ्रमण टोलीका साथ जापान प्रस्थान गरेका हुन् भने उक्त भ्रमण भाद्र १७ गतेसम्म हुनेछ । तर, नगर प्रमुख डंगोलले कानून अनुसार कार्यबाहकको जिम्मेवारी उप–प्रमुखलाई दिएर जानुपर्ने प्रावधान रहेता पनि कार्यबाहकको जिम्मेवारी नदिईकन खुरुक्क जापान प्रस्थान गर्नुभयो । नगर प्रमुख डंगोलको यस...
-
२०८२ भाद्र २, सोमबार
नेपालभाषा एकेडेमीले पुरानै परम्पराको दबु प्याखं मन्चन गर्ने
नेपालभाषाको वाङ्गमय क्षेत्रमा कृयाशिल प्राज्ञिक संस्था नेपालभाषा एकेडेमी र ललितुर महानगरपालिकाको सहकार्यमा एतिहांसिक परम्परागत शैलीमै नेपालभाषा दबु प्याखं (नेपालभाषा डबली नाटक) निर्माण गर्ने भएको छ । लोपहुन लागेको डबली नाटक (सामाजीक घटनाक्रमको यथार्थ चित्रण सहितको सन्देश मुलक नाटक) पुर्ण उत्थान गर्दै, नयां पिंढिलाई नेवाः भाषा कला संस्कृती र संस्कार बारे पहिचान प्रस्तुत गर्न नेवाः दबु प्याखं...
-
२०८२ श्रावण ३०, शुक्रबार
कीर्तिपुरमा शनिबार “सशक्तिकरणका लागि सामाजिक सञ्जाल” विचार प्रस्तुतिकरण हुने
सशक्तिकरणका लागि सामाजिक सञ्जाल कीर्तिपुरको आयोजनामा श्रावण ३१ गते शनिबार कीर्तिपुरमा बृहत्त विचार प्रस्तुतिकरण कार्यक्रम हुने भएको छ । कीर्तिपुर नगरमा समाज परिवर्तन तथा दक्ष नेतृत्व विकास गर्ने परिकल्पनासहित गठन हुन गइरहेको “सशक्तिकरणका लागि सामाजिक सञ्जाल” को आवश्यकता र औचित्यता विषयमा विचार प्रस्तुतिकरण कार्यक्रम हुन लागेको जानकारी आयोजक सशक्तिकरणका लागि सामाजिक सञ्जाल कीर्तिपुरले दिएको छ ।...
-
२०८२ श्रावण २४, शनिबार
भाद्र १ गते सुनाकोठी भिमसेन जात्रा
ललितपुर : विश्वकै सबैभन्दा अग्लो आराध्यदेव भीमसेनको मूर्तिको आठौं स्थापना दिवस तथा ‘भिं द्यो पूजा’ यही भदौ १ गते आइतबार भव्य रूपमा मनाइने भएको छ । सुनाकोठी क्षेत्रमा निर्मित यो भिमसेन को मुर्ति अहिले सम्म उपलब्ध जानकारी सम्भवतः यो नै पहिलो हो भन्ने देखिन्छ । कार्यक्रमका आयोजक सुनाकोठी समाजका अध्यक्ष विनोद डङ्गोलका अनुसार, “भीमसेन जात्रालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ।” उनका अनुसार...
-
२०८२ श्रावण २३, शुक्रबार
पांगामा सापारु रुट : परम्परादेखि चल्दै आइरहेको पुरानो रुट कायम हुने भो
कीर्तिपुर/देशमा परापूर्वकालदेखि नेवाः समुदायमा संगठित हुने निकाय “गुथि” विकास हुँदै हालसम्म पनि कायम रहेको अवस्था छ । यही गुथिकै नक्कल हालका विभिन्न संघसंस्था, समूह एवं पार्टी संरचना हुन् भने पनि फरक नपर्ला । यही गुथिको विकासक्रमलाई नियाल्ने हो भने परापूर्वकालदेखि नेवाः समुदाय संगठित हुँदै आइरहेको चेतनशील एवं विकासशील समुदाय नेवाः समुदाय हो भन्ने प्रमाणसहित समाजमा उभिएको छ । यही कारण पनि गुथि...
-
२०८२ श्रावण २२, बिहिबार
धर्म र संस्कृतिसँग जोडिएका भक्तपुरको नौ हिटी
भादगाउँ, भक्तपुर नगरपालिका–१ को दुगुरेको स्वकी अजिमा हिटीमा स्नान गरी नजिकको स्वकि ९स्वाःस्वाः० अजिमालाई जल चढाइ पूजा चढाए दम रोग निको हुने धार्मिक विश्वास रहेको छ । अहिले पनि स्थानीयहरु स्वाःस्वाः आउँदा औषधिले काम नगरेपछि स्वकी अजिमा पूजा गर्ने परम्परा कायमै छ । तर स्वकी अजिमा हिटी पूरै झारपातले पुरिएको अवस्थामा छ । भक्तपुर नगरपालिका–१ कै वासिकचा हिटी धार्मिक रूपले पवित्र मानिन्छ । यो हिटीमा...
-
२०८२ श्रावण १९, सोमबार
मातृभाषाको संरक्षण, प्रवद्र्धन र विकासको लागि सचेतना जगाउन प्लेकार्ड प्रदर्शन
नेवाः ग्वाहालि पुचः र नेवाः मिसा ग्वाहालि पुचःले गुंला पर्वको बखत स्वयम्भू महाचैत्य दर्शन गर्नआउने स्थानीयबासीको सन्दर्भ मिलाएर भगवानपाउ क्षेत्रमा मातृभाषाको संरक्षण, प्रवद्र्धन र विकासको लागि सचेतना जगाउन प्लेकार्ड प्रदर्शनी गरेका छन् । प्लेकार्डमा “हाम्रा बालबालिकालाई नेपालभाषा सिकाऔं, नेवार भएकोमा गर्व गरौं’, मातृभाषाको संरक्षणले सहअस्तित्व कायम गर्दछ जस्ता नारा लेखिएका थिए । प्लेकार्ड...
-
२०८२ आषाढ २७, शुक्रबार
महानगरको कार्यपालिका बैठक शुक्रबार २ बजे बस्ने
काठमाडौं । प्रत्येक महिना हुँदै आएको काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक लामो समयपछि शुक्रबार २ बजे बस्ने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)को सचिवालय निमित्त प्रमुख शान्ता पहाडी हस्ताक्षरित पत्रमा कार्यपालिका सदस्यहरूलाई सम्बोधन गर्दै काठमाडौं प्लाजास्थित कार्यपालिका हलमा उपस्थित हुन भनिएको छ । उनको पत्र बिहीबार साँझ मात्रै वडाध्यक्षहरूलाई पुगेको छ । पत्र अगाडि नै नगर...
-
२०८२ आषाढ २२, आइतबार
ह्युमपाइप राखेर अवरुद्ध नाला–भक्तपुर सडकखण्ड खुलाइयो
काभ्रेपलाञ्चोक,अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ । काभ्रेको बनेपा नगरपालिका वडा नं ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिएपछि सो सडकमा यातायात अवरुद्ध भएको थियो । भाँचिएको पुल अस्थायी रूपमा सञ्चालनमा ल्याइएपछि यातायात सञ्चालन भएका हुन् । गए राति छवटा ठुल्ठूला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरेपछि आज बिहानदेखि यातायात सञ्चालनमा...
-
२०८२ आषाढ २२, आइतबार
आषाढ शुक्ल एकादशीः घरका मठमा तुलसी रोपियो
काठमाडौँ, बहुगुणले युक्त वनस्पति तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राखिन्छ । आषाढ शुक्ल एकादशीका दिन दलबाट घरको तुलसीको मठमा बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको हो । आयुर्वेद क्षेत्रमा लामो समय काम गर्दै आउनुभएका डा वंशदीप शर्मा खरेलले...
-
२०८२ आषाढ २२, आइतबार
त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु
कीर्तिपुर, कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ । निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी...
-
२०८२ आषाढ ११, बुधबार
बालुवा, ढुंगा झिक्न वा बहाब क्षेत्र सफा गर्न कीर्तिपुर र ललितपुर सक्षम छ : नेकपा माओवादी केन्द्र कीर्तिपुर
कीर्तिपुर/ललितपुर महानगरपालिका १८ वडा र कीर्तिपुर नगरपालिका ६ वडाबीच सीमानाको रुपमा रहेको ऐतिहासिक चोभार गल्छी न्हसिकापको दायाँबायाँका चट्टान ढुंगाहरु काटेर विष्फोट गराएर बागमती खोला फराकिलो गर्ने निर्णय नेपाल सरकार गृहमन्त्रालय एवं शहरी विकास मन्त्रालयले गरेको समाचार बाहिरिएको छ । सरकारको यो निर्णयलाई विरोध गर्दै नेकपा माओवादी केन्द्र कीर्तिपुर नगर समितिले एक प्रेस विज्ञप्ति सार्वजनिक गरी चोभार...


