STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०८० फाल्गुण २, बुधबार

    बालेनको नेतृत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन

    काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ ।  मंगलबार नगरप्रमुख शाहको कार्यकक्षमा बसेको सरोकारवाला प्रतिनिधिहरूसहितको बैठकले उक्त समिति गठन गरेको हो ।  समिति सदस्यमा महानगरपालिका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, महानगरकै स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन छन्...

  • २०८० फाल्गुण १, मंगलबार

    उदय रिघा बुद्ध विहारलाई व्यवस्थित गरिँदै

      ढोरपाटन , बागलुङको गलकोट नगरपालिका–११ स्थित उदय रिघा बुद्ध विहारलाई व्यवस्थित गर्न थालिएको छ । झण्डै १२ वर्ष अघि निर्माण सुरु गरिएको उक्त बुद्ध विहार गत वैशाखमा सम्पन्न भएको हो । सीमित स्रोतसाधनबाट निर्मित बुद्ध विहारलाई व्यवस्थित गरी पर्यटन प्रवद्र्धनका लागि यस वर्ष व्यवस्थित गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाखमा रिघा बुद्ध विहारको तला...

  • २०८० माघ २४, बुधबार

    क्षत्रपाटी निःशुल्क चिकित्सालयले ६७ औँ वार्षिकोत्सव मनाए

    काठमाडौंको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले ६७ औँ वार्षिकोत्सव मनाएको छ। चिकित्सालयका संस्थापक कम्पाउन्डर बद्री मालीको सालिकमा माल्यार्पणसहित विभिन्न कार्यक्रम गरेर अस्पतालले मंगलबार वार्षिकोत्सव मनाएको हो। सोही अवसरमा एक कार्यक्रम आयोजना गरी कर्मचारीहरूलाई सम्मान समेत गरिएको छ। साथै अस्पतालले ३० वर्षे सेवा अवधि पुरा गरी अवकाश पाएका कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण...

  • २०८० माघ २२, सोमबार

    धरहराको निःशुल्क पार्किङ बन्द नहुने : बालेन

    काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहराको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् । सहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो । मन्त्रालयले निर्माणाधीन अवस्थामा रहेको ठाउँमा पार्किङ गर्दा जोखिम हुने भन्दै पत्र पठाएपछि बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीन भन्नु लाजमर्दो भएको...

  • २०८० माघ १८, बिहिबार

    खुलामञ्चलाई दुबोको चउर बनाइँदै

    काठमाडौँ - राजधानीको खुलामञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइने र त्यसमाथि प्राकृतिक दुवो रोपिने सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राज भण्डारीले जानकारी दिए । ‘दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा आउनेछ । बिहान शारीरिक अभ्यास...

  • २०८० माघ १६, मंगलबार

    सहिद दिवसको अवसरमा काठमाडौं महानगरले गर्‌यो स्मृति सभा

    काठमाडौं - काठमाडौं महानगरले शहीद दिवसका अवसरमा शहीद स्मारक लैनचौरमा स्मृति सभाको आयोजना गरेको छ । दिवसको अन्तिम दिन आज बिहान ८ बजे शान्ति बाटिकाबाट प्रभात फेरि निकालेको महानगरले लैनचौरमा स्मृति सभा गरेको हो । स्मृति सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उच्च पदस्थ अधिकारीहरू सहभागी थिए । आज नै महानगरले महानगरको वडा नम्बर २३ ले ओमवहालमा रहेको धर्मभक्त माथेमा पार्कमा स्मृति सभा गर्ने...

  • २०८० माघ १४, आइतबार

    काठमाडौंका शिक्षा विभाग प्रमुख कोइरालासँग बालेनले मागे स्पष्टीकरण

    काठमाडौं - काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ । पुरानो बानेश्वरस्थित रत्नराज्य माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ । समितिको संयोजक मेयर आफै रहने व्यवस्था रहेको र...

  • २०८० माघ १२, शुक्रबार

    व्यवसायी समितिले गर्यो महानगरपालिकाविरूद्ध आन्दोलन घोषणा

    काठमाडौँ - संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले ७ बुँदे माग राख्दै काठमाडौँ महानगरपालिकाविरूद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ । अभियन्ता ईः सँग भएको सम्झौता विपरीत महानगरले फुटपाथ व्यवसायीमाथि गरेको धरपकडविरुद्ध संघर्ष समितिले पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो । सम्झौता कार्यान्वयन गर्न कार्यदल गठन गर्ने तर महानगरले सडक व्यवसायीलाई दमन गर्ने नीति अँगालेका कारण...

  • २०८० माघ १२, शुक्रबार

    बानेश्वरको सडकमा गुड्दागुड्दै भासियो बस

    काठमाडौं - काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो । सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए । नजिकै रहेका ट्राफिक प्रहरीहरु आएर बसलाई त्यहाँबाट हटाउन समन्वय गरिरहेका छन् । यसअघि २०७८ साल कात्तिक महिनामा पनि बानेश्वर चोक नजिकै सिभिल अस्पताल...

  • २०८० माघ १२, शुक्रबार

    न्युरोड क्षेत्रलाई सवारीमुक्त बनाइने

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको छ । काठमाडौँ महानगरपालिकाका पूर्वाधार विकास सल्लाहकार सुनील लम्सालले आमनागरिकको सहज आवागमन, सहरी...

  • २०८० माघ ९, मंगलबार

    कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’को लागि जापानसँग ३१ अर्ब ऋण लिइने

    काठमाडौं- सरकारले कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’सहितका संरचना निर्माण गर्न जापानसँग ३१ अर्ब २ करोड रुपैयाँ बराबर ऋण लिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोटेश्वर ‘इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट’ कार्यान्वयन गर्न ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ ।...

  • २०८० माघ ९, मंगलबार

    पार्किङ हटाएपछि न्युरोडका व्यवसायी आक्रोशित

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले पार्किङ हटाएपछि न्युरोड क्षेत्रका व्यवसायी आक्रोशित बनेका छन् । महानगरपालिकाले अवैज्ञानिक ढंगले पार्किङ हटाउने निर्णय गरेर आफूहरुलाई समस्यामा पार्ने काम गरेको व्यवसायीहरुको गुनासो छ ।  न्युरोडको पार्किङ पुरानो बसपार्कमा कायम गर्ने निर्णयले मन्दीको व्यापारमा थप मन्दी उत्पन्न हुने व्यवसायीहरुको भनाइ छ । पार्किङ गर्न नदिने निर्णयले व्यवसाय चौपट हुने भन्दै उनीहरुले...

Pages