STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०८० मङ्सिर २४, आइतबार

    ललितपुर महानगरपालिकाले हटाए फुटपाथ पसल

    ललितपुर महानगरपालिकाले मंगलबजारदेखि महानगरको प्रमुख बसपार्क एवं बजार बन्दै आएको लगनखेलसम्मको बाटोमा जथाभावी रुपमा फुटपाथ पसल राख्दै आउँदा पैदल यात्रु लगायत सवारी साधनको यातायातमा समेत व्यवधान पुगेको गुनासो चर्किन थालेपछि अाज अाइतबार देखि त्यी स्थानहरुबाट फुटपाथ पसल हटाउन शुरु गरेको छ । ललितपुर महानगरपालिका १९ वडाका अध्यक्ष राजेन्द्र महर्जनले ऐतिहासिक एवं सांस्कृतिक महत्वको यी स्थानको सुन्दरता...

  • २०८० मङ्सिर १८, सोमबार

    काठमाडौँ महानगरभित्र दुई बसपार्क

    =काठमाडौँ, १८ मङ्सिर : मुलुकको सङ्घीय राजधानी काठमाडौँको एकमात्र काठमाडौँ महानगरपालिकाभित्र दुई बसपार्क सञ्चालनमा आएका छन् । अरनिको यातायात प्रालिले व्यक्तिगत जग्गा पाँच वर्षलाई भाडामा लिएर वडा नं ३२ जडीबुटीमा बसपार्क निर्माण गरेसँगै एउटै स्थानीय तहभित्र दुई बसपार्क सञ्चालन भएका हुन् । जापान सरकारले कामपा–२६ गोंगबुस्थित विष्णुमति खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा नयाँ बसपार्क निर्माण गरेर...

  • २०८० मङ्सिर १२, मंगलबार

    मंसिर २७ गतेदेखि काठमाडौँ महानगरभित्र सुर्तीजन्य वस्तुको बिक्री गर्न नपाइने

    काठमाडौं - मंसिर २७ गतेदेखि काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सुर्तिजन्य पदार्थको विक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ। स्वास्थ्य विभागले १५ दिनको अवधि दिएर जारी गरेको सार्वजनिक सूचनामा यसबारे जानकारी गराइएको छ। सूचनामा उल्लेख गरिएको छ, ‘सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, बिँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा...

  • २०८० मङ्सिर १२, मंगलबार

    ‘विदेशी हेर्छन्, स्वदेशीले किन्छन्’

    “विदेशी पर्यटक आउँछन् सामान भने स्वदेशी पर्यटकले किन्छन्”, वसन्तपुर दरबार क्षेत्रमा विगत ४० वर्षदेखि हस्तकलाको व्यावसाय गर्दै आउनुभएका रामकृष्ण सिटौलाले भन्नुभयो, “अहिले व्यापारको सिजनमा पनि व्यापार सुस्त छ, मुस्किलले बोनी हुन्छ ।” मुख्य पर्यटकीय सिजनमा वसन्तपुर क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बाक्लो भए पनि हस्तकलाका सामग्रीको व्यापार भने सन्तोषजनक छैन । पहिले अधिकांश विदेशी पर्यटकले वसन्तपुर...

  • २०८० मङ्सिर ११, सोमबार

    पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने प्रविधि सञ्चालनमा

    काठमाडौं- बबरमहलमा ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सञ्चालनमा आएको छ । यो प्रणाली सञ्चालनमा आएसँगै अब बाटो काट्न पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्नेछन् । जिल्ला अदालत अगाडिको सडकमा १० लाख खर्च गरेर काठमाडौं महानगरले यो प्रविधि जडान गरेको हो । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म हरियो बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्नेछन् । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट ...

  • २०८० मङ्सिर १०, आइतबार

    काष्ठमाण्डप खुला गर्नेबारे अझै अन्योल

    काठमाडौँ, पुनःनिर्माण सम्पन्न भइसकेको ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ सर्वसाधारणका लागि कहिले खुला गर्ने विषय अझै अन्योल नै छ ।  विसं २०७२  वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति भएको उक्त सम्पदाको पुनःनिर्माण सम्पन्न गरी काष्ठमाण्डप पुनःनिर्माण समितिले गत असोज १५ गते नै काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाइसकेको छ ।  महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठ ९शाक्य०...

  • २०८० मङ्सिर ८, शुक्रबार

    महिला तथा युवाहरुको क्षमता अभिवृद्धि तालिम सञ्चालनमा

    काठमाडौंको तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ । स्थानिय महिला तथा युवाहरुको क्षमता विकास गराएर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरिएको धमाथू नेवाः ग्वाहालि पुचःले बताएको छ । सोही क्रममा उद्‌घाेषण, संस्थागत संरचना सम्बन्धिकाे ज्ञान र सिलसिला मिलाएर अाकर्षक ढंगले बोल्ने शैली सिकाउन एक हप्ते तालिम सञ्चालन गरेको हो । सञ्चारकर्मी...

  • २०८० मङ्सिर ६, बुधबार

    भोलि अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीको अनुरोध

    काठमाडौं- ट्राफिक प्रहरीले भोलि काठमाडौंमा अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन आग्रह गरेको छ । बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना प्रकाशित गर्दै सडकको अवस्था बुझेर मात्र सवारीसाधन लिएर निस्कन अनुरोध गरेको हो । मंसिर ७ गते (भोलि) काठमाडौंमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले विरोध प्रदर्शनका छुट्टाछुट्टै कार्यक्रम आयोजना...

  • २०८० मङ्सिर २, शनिबार

    छठका लागि रानीपोखरी नखुल्ने

    काठमाडौं - २०७२ सालको भूकम्पका कारण बन्द भएको रानीपोखरी छठ पर्वका लागि यसपालि पनि खुलेन । यसवर्ष कसैले पनि छठका लागि रानीपोखरी खोल्नुपर्ने माग नगरेकाले नखोलिएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ । गएको वर्ष पुनर्निर्माणको काम भैरहेको र महानगरलाई हस्तान्तरण नभएको हुँदा खोलिएको थिएन । महानगरले छठका लागि कमलपोखरी र जलाशयलाई सरसफाइ गरी तयार पार्ने काम गरिसकेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी...

  • २०८० कार्तिक ३०, बिहिबार

    काठमाडौँमा छठ पर्वको तयारी सुरु

      काठमाडौं - उपत्यकाका विभिन्न स्थानमा रहेका नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम अन्तिम चरणमा पुगेको छ । छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौंको कमल पोखरी, गौरीघाट, नागपोखरी, गहनापोखरी, ललितपुरकाे कुपण्डोल लगायतका स्थानहरुमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो । काठमाडौंको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ । कमल पोखरी छठ कमिटीका अध्यक्ष राजेन्द्र...

  • २०८० कार्तिक २९, बुधबार

    आज दिनभर रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर खुला रहने

    काठमाडौँ - प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खेलेको छ । भाइटीकाका अवसरमा बुधबार बिहानैदेखि मन्दिर खोलिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने भएकाले त्यसका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने...

  • २०८० कार्तिक २४, शुक्रबार

    काठमाडौंमा राति १ बजेसम्म देउसी–भैलो खेल्न पाइने

    काठमाडौं - काठमाडौं महानगर प्रमुख बालेन शाहले यो वर्ष राति १ बजेसम्म देउसी भैलो खेल्न पाउने बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले विगतमा कोभिड र सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय ९ बजेसम्म मात्रै तोकिएकोमा यो वर्ष राति १ बजेसम्म नै खेल्न अनुमति दिने बताएका हुन् । उनले यो वर्ष देउसी खेल्नेलाई प्रहरीले नै सुरक्षा दिनेसमेत जनाएका छन् । ‘काठमाडौ महानगर नगरप्रहरीले...

Pages