STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ, आइतबार भोटो जात्रा

Janjati Khabar – Janjati Khabar | २०८२ जेठ १६, शुक्रबार

ललितपुर - रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर आज जावलाखेल पुर्‍याइएको छ । बिहीबार अपराह्नदेखि रथ तान्न सुरु गरेर साँझ जावलाखेल पुर्‍याइएको हो । वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । बिहीबार जावलाखेल पुर्‍याएसँगै अब आइतबार भोटो जात्रा मनाइनेछ । 

रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो। मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म चल्छ । मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ।

पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ।

यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा  समापन हुन्छ। पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुवात गराइएको किंवदन्ती छ।

Categorized in उपत्यका