STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०८० माघ १, सोमबार

    आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु

    काठमाडौँ - आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएको छ । सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरण कार्यको शुभारम्भ गरेका हुन्। सिंहदरबारस्थित सार्वजनिक धारा खोलेर पानी पिउँदै उनले मेलम्चीको पानी पुन : वितरण कार्यको शुभारम्भ गरेका हुन्।  कार्यक्रममा खानेपानीमन्त्री महेन्द्र यादव, सञ्चारमन्त्री रेखा...

  • २०८० माघ १, सोमबार

    माघी मनाउने भीड टुँडिखेलमा अनियन्त्रित हुँदा आठजना घाइते

    काठमाडौं- काठमाडौंको टुँडिखेलमा माघी पर्व मनाउन पुगेका मानिसको भीड अनियन्त्रित भएको छ । सोमबार मगर समुदायको माघे संक्रान्ति र थारु जातिको माघी पर्व मनाउन टुँडिखेल पुगेको भीड अनियन्त्रित भएको हो । त्यसक्रममा भागदौड हुँदा आठजना घाइते भएका छन् । उनीहरू टुँडिखेलबाट बाहिरिने क्रममा भागदौड भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिए । राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ । भागदौड...

  • २०८० पौष २९, आइतबार

    काठमाडौं आइपुग्यो मेलम्चीको पानी, भोलिदेखि वितरण

    काठमाडौं- वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको मेलम्चीको पानी मर्मतपछि फेरि काठमाडौं आइपुगेको छ । पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी आइरहेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर मेलम्चीको खानेपानी वितरणको पुनः...

  • २०८० पौष २९, आइतबार

    सुरु भयो काठमाडौँ महानगरको नगरसभा

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभा सुरु भएको छ । आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा महानगरपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो नगरसभा सुरु भएको हो । महानगरपालिकाले नगरसभामार्फत बजेट संशोधन समेत गर्ने तयारी गरेको छ । २५ पुसमा नगर सभा गर्ने महानगरले तयारी गरेपनि विविध कारणबस रोकिएको थियो ।

  • २०८० पौष २१, शनिबार

    ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठ नियुक्त

    काठमाडौं- गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ । त्यस्तै, प्रहरी प्रमुखमा एसएसपी शेखर खनाललाई खटाएको छ । बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय र ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाह प्रहरी हेडक्वार्टरमा तानिएका थियो । मन्त्रालयले शुक्रबार मन्त्रालयमा रहेका श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी...

  • २०८० पौष २१, शनिबार

    उपत्यकाको फोहोर व्यवस्थापन सरकारलाई जिम्मा लगाउने तयारीमा मेयर्स फोरम

    काठमाडौं— काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरिएको छ । बुधबार गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको काठमाडौं भ्याली मेयर्स फोरमको छैटौँ बैठकबाट यस्तो निर्णय गरिएको हो । नेपाल सरकारलाई नै फोहोर व्यवस्थापनको काम गर्न आग्रह गर्ने निर्णय गरिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए । उपत्यकाभित्रका सबै नगरपालिकाको फोहोर व्यवस्थापन गर्न...

  • २०८० पौष १९, बिहिबार

    ललितपुरको ललितमण्डप पुनःनिर्माण हुने

      ललितपुर, १९ पुस : विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त ललितपुर महानगरपालिका-४ जावलाखेलस्थित ऐतिहासिक सम्पदा ललितमण्डपको पुनःनिर्माण हुने भएको छ । ललितमण्डप छेउमा रहेका पाटी (फल्छा) र जावलाहिटी (गैरेधारा) भने ललितपुर महानगरले यसअघि नै पुनःनिर्माण गरिसकेको छ । ललितमण्डपलाई ऐतिहासिक शैलीमा पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको ललितपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष...

  • २०८० पौष १७, मंगलबार

    बालेनका सचिवालय प्रमुखसहित काठमाडौं महानगरका तीन कर्मचारी निलम्बित

    काठमाडौं- कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बनमा परेका छन् । मेयर बालेन साहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् । ‘छानबिन अघि बढ्ने भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बस्न भनिएको हो’, स्रोतले भन्यो । मेयर बालेन साहले प्रमुख...

  • २०८० पौष १७, मंगलबार

    नेवाः देय् दबू काठमाडौं वडा नं. १६ र १७ को ‘त्यःछिंत्यः’ कार्यक्रम

    नेवाः देय् दबू काठमाडौं वडा नं. १६ र १७ को संयुक्त आयोजनामा ‘त्यःछिंत्यः’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उपसभामुख ईन्दिरा रानामगरको प्रमुख आतिथ्यमा खुसिबुँ पहिक्वःमा सम्पन्न भएको हो ।  प्रमुख अतिथि रानामगरले कार्यक्रममा आएर आफूले पनि नेपालभाषा र खानाको मौलिक नाम थाहा पाएको र आफ्नो संस्कृति रक्षाको निम्ति नेवाः देय् दबू १६ र १७ वडाले आयोजना गरेको यो कार्यक्रम अनुकरणीय रहेको बताउनुभयो । नेवाः...

  • २०८० पौष १२, बिहिबार

    ललितपुरको भिरिन्ची कलेजमा आइसिटी मेला

    ललितपुर कुमारीपाटी स्थित भिरिञ्ची कलेजले आयोजना गरेको पुस १२ गतेदेखि १४ गतेसम्म तीन दिने आईसीटी मेला ४.० को ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन ले विहिबार एक समारोह बीच उदघाटन गर्नु भएको छ। बिहीबारदेखि सुरू भएको सो मेलामा एआई, रोबोटिक्स, आईओटी लगायका विभिन्न प्रोजेक्टहरू प्रदर्शनीमा राखिएको छ ।  भिरिञ्ची कलेजले विगत ४ वर्षदेखि आयोजना गर्दै आएको आईसीटी मेला इच्छुक सबैले निःशुल्क अवलोकन...

  • २०८० पौष १०, मंगलबार

    यःमरि पूर्णिमा मनाइँदै

    काठमाडौं- मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाइरहेका छन् ।  ‘यः’ को अर्थ नेपालभाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठुलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको...

Pages