STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नगर प्रमुख डंगोललाई कीर्तिपुरका जेन–जी युवा समूहद्वारा ज्ञापन पत्र हस्तान्तरण

Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ कार्तिक २, आइतबार

कीर्तिपुर । शहीद परिवारको हित र कीर्तिपुरको विकासमा युवा सहभागिता लगायतका विषयगत बुँदा समाहित गरी कीर्तिपुरका जेन–जी युवा समूह कीर्तिपुर युथर्स नेपालद्वारा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोललाई ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र हस्तान्तरण गरेको छ । 

आज आइतबार कीर्तिपुरका नगर प्रमुख कृष्णमान डंगोललाई कीर्तिपुर नगरका जेन–जी समूह कीर्तिपुर युथर्स नेपालद्वारा हस्तान्तरण गरेको ज्ञापन पत्रमा गएको असोज १३ गतेको बैठकमा भएको विषयगत बुँदाहरु नगरपालिकामा पेश गरिएको उल्लेख गरेको छ ।

ज्ञापन पत्रमा शहिदका परिवारको अनुसन्धान गरी भौतिक सहयोग गर्ने बुँदामा हाल भएको जेनजी आन्दोलनमा शहिद भएका परिवारबाट कम्तीमा पनि एकजनालाई रोजगारको व्यवस्था साथै परिवारमा रहेका बालबालिकालाई आगामी दिनहरुमा शैक्षिक व्यवस्थापन गरिदिनु पर्ने उल्लेख गरिएको छ ।

यस्तै हाल निर्वाचन आयोगद्वारा मतदान कार्ड दर्ता गर्ने खोले संगै यस विषयमा जनचेनताका लागि आह्वान गर्ने विषयमा निर्वाचन आयोगद्वारा मतदान कार्ड दर्ता खोलेसंगै कीर्तिपुर नगरपालिकामा बसोबास गरिरहेका सम्पूर्णमा १६ वर्ष पूरा भएका युवाहरुमा मतदान कार्ड दर्ता गर्नका लागि आह्वान गर्नुपर्ने र हरेक वडा र नगरको सामाजिक संजालद्वारा जनचेतना दिनका लागि अनुरोध गरिएको छ ।

यस्तै वडादेखि नगरस्तरसम्म युवाको सहभागिता हुनुपर्ने बुँदामा युवाहरुको सिप अनुसार स्थानीय सरकारमा संलग्नता हुने पर्ने र सकेसम्म इन्टर्नको व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा वडा समितिमा युवाको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने र नगरपालिकको योजना निर्माण तथा अनुगमन समितिमा युवाहरुलाई समावेश गर्नुपर्ने साथै सूचना प्रवाहमा सुधार ल्याउनु पर्ने र तालिम एवं क्षमता विकास कार्यक्रमहरुको आयोजना गर्नुपर्ने उल्लेख गर्दै नगर युवा परिषद पुनःगठन गर्नुपर्ने माग पनि समावेश गरिएको छ ।

ज्ञापन पत्रमा मालपोत सम्बन्धी कार्यमा स्थानीय सरकारको काम तीव्र गतिमा हुनुपर्ने उल्लेख गर्दै हाल मालपोत कार्यालय कलंकीबाट प्रकाशित भएको सूचना अनुसार नष्ट भएका जग्गाधनी दर्ता श्रेस्ता तयार गर्नका लागि आवश्यक कागजातहरु पेश गर्नुपर्नेमा स्थानीय सरकारले यस सम्बन्धी काम तीब्र गतिमा गरिदिनका लागि अनुरोध गरिएको छ । 

 

Categorized in उपत्यका