उपत्यका
-
२०८१ आश्विन १७, बिहिबार
चनिकलाल भन्नुहुन्छ– मैले परिवार र आफ्नो पर्वाह नगरी खोलामा हामफालेँ
पाटन (ललितपुर), गत असोज १२ गते नख्खु खोलाको उर्लँदो बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल तामाङ साहसी युवा भनेर हाल निकै चर्चामा हुनुहुन्छ । चर्चामात्र होइन हाल उहाँलाई दैनिकजसो सम्मान गर्ने गरिएको छ । यसैक्रममा आज ललितपुर महानगरपालिकाले पनि तामाङलाई सम्मान गर्यो । सम्मान कार्यक्रममा उहाँले श्रीमती र छोरीले नजाऊ भन्दाभन्दै खोलामा हामफालेर दुई जनालाई बचाउने काम गरेको बताउनुभयो ।...
-
२०८१ आश्विन १६, बुधबार
दसैँलक्षित बजार अनुगमन सुरु
काठमाडौँ, सरकारले दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित आजदेखि बजार अनुगमन सुरु गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आजदेखि दुईवटा मोबाइल भ्यानसहित काठमाडौँ, ललिपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन सुरु गरेको हो । बजार अनुगमनको सुरुआत गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भन्नुभयो, “सरकारका तर्फबाट खरिद भएर ल्याएपछि विभिन्न...
-
२०८१ आश्विन १३, आइतबार
काठमाडौँ उपत्यकामा ‘रेकर्ड ब्रेक’ वर्षा
काठमाडौँ - काठमाडौँ उपत्यकामा शनिबार वर्षकै सर्वाधिक वर्षा भएको छ । शनिबार बिहान वर्षा मापन सुरु भएयताकै बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले शनिबार बिहान ८ः४५ बजे त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा मापन भएको जानकारी दिए । यो मापन सुरु भएयताकै सर्वाधिक वर्षा भएको उनले बताए।...
-
२०८१ आश्विन १२, शनिबार
बल्खु खोलामा एकजनाको शव भेटियो
काठमाडौं- काठमाडौंको बल्खु खोला किनारमा एउटा शव फेला परेको छ। शवको सनाखत भएको छैन। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरी पुगेर शवको पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ। शुक्रबार बेलुकी काठमाडौंको ढुंगेधाराबाट एक युवक मोटरसाइकलसहित ढलमा खसेका थिए । मोटरसाइकल फेला परे पनि मान्छे फेला नपरेपछि खोजीकार्य जारी छ।
-
२०८१ आश्विन १२, शनिबार
काठमाडौंको नदी करिडोरका सडक बन्द
काठमाडौं- काठमाडौंको बागमती, विष्णुमति, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन्। सबै खोलामा करिडोर सडकमा पानी उक्लने अवस्था बनेको छ। प्रहरीले नदी करिडोर तथा डुबान हुनसक्ने सबै क्षेत्रमा सचेत गराएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए। 'नेपाल प्रहरीका टोली देशभरि नै परिचालित भएका छन्, प्रहरीको सम्पूर्ण ध्यान अलिहेको विपद्बाट हुनसक्ने जनधनको क्षतिलाई...
-
२०८१ आश्विन ११, शुक्रबार
आजदेखि काठमाडौँमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु
काठमाडौँ, काठमाडौँमा आजदेखि चाडपर्वलक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान २०८१ सुरुआत गरिएको छ । गोङ्गबुस्थित नयाँ बसपार्कमा आज आयोजित कार्यक्रममा आज उक्त अभियानको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले शुभारम्भ गर्नुभयो । प्रहरी अतिरीक्त महानिरीक्षक बज्राचार्यले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरेर चाडपर्वलाई सुरक्षित बनाउन सकिनेमा...
-
२०८१ आश्विन ११, शुक्रबार
बागमती र विष्णुमतीको बाढीले खतराको तह पार गर्यो
काठमाडौं - दुई दिनदेखि लगातार बर्षात् हुँदा काठमाडौंका नदीहरूमा ठूलो बाढी आएको छ । काठमाडौंका नदीको मुहान क्षेत्रहरू शिवपुरी, सुन्दरीजल, गोदावरीसहितका क्षेत्रमा लगातार पानी पर्दा बाढी उर्लिएको हो । बागमतीसहितका नदीहरूमा आएको बाढीले खतरा तह पार गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुासर बागमती नदी खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन...
-
२०८१ आश्विन १०, बिहिबार
ललितपुरले वातावरण र कृषि क्षेत्रका सकारात्मक अभ्यास पछ्याउने
पाटन ललितपुर महानगरपालिकाले वातावरण र कृषि क्षेत्रमा कोरियाको चेरवन सहरका सकारात्मक अभ्यास पछ्याउने भएको छ । कोरियाको चेरवन सहरका प्रमुख ली ह्युन जोनसहितको प्रतिनिधिमण्डलको स्वागतमा ललितपुर महानगरपालिकाको बैठक कक्षमा आज आयोजित कार्यक्रममा नगरप्रमुख चिरीबाबु महर्जनले वातावरण र कृषि क्षेत्रमा भएका सकारात्मक अभ्यास आदानप्रदान गर्न चाहना व्यक्त गर्नुभयो । नगरप्रमुख महर्जनले चेरवन सहर र ललितपुर...
-
२०८१ आश्विन ९, बुधबार
अराजक गतिविधि गर्ने महिलालाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग
भक्तपुर, सूर्यविनायक नगरपालिकाले वडा नं ९ र १० को सिमानामा अवस्थित झोलुङ्गे पुलमा अराजक गतिविधि गर्ने महिलालाई पक्राउगरी कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको छ । आफूलाई सामाजिक अभियन्ता भन्दै सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने आशिका तामाङलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरीवृत्त जगातिमा जोहरी दिएको नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले...
-
२०८१ आश्विन ६, आइतबार
महाकवि सिद्धिदास महाजुको १५७ औं जन्मजयन्ती मनाइयो
‘भाषा रहे जाति रहन्छ’ भन्ने प्रसिद्ध भनाई हामीबिच छोडेर जानुभएका नेपालभाषाका महाकवि सिद्धिदास महाजुको १५७ औं जन्मजयन्ती भव्यताकासाथ मनाइएको छ । काठमाडौंको भोटाहिटीस्थित सिद्धिदास चोकबाट सुरुभएको प्रभातफेरि नगरपरिक्रमा पश्चात स्मृति सभामा परिणत भएको थियो । उक्त सभामा सिद्धिदास स्मृति समाजका अध्यक्ष मल्ल के सुन्दर, बागमती प्रदेश सभाषद् पूर्वमन्त्री शैलेन्द्रमान बज्राचार्य, भाषा आयोगका सदस्य...
-
२०८१ आश्विन ५, शनिबार
हाँडिगाउँ क्षेत्रको संरक्षणमा तीनै तहका सरकारले ध्यान दिन जरुरी छ’
काठमाडौँ, संस्कृतिविद् जगमान गुरुङले हाँडिगाउँँ क्षेत्रको संरक्षण तथा अनुसन्धानमा ध्यान पु¥याउन तीन तहकै सरकारले ध्यान दिन जरुरी रहेको बताउनुभएको छ । काठमाडौँ महानगरपालिका–५ हाँडिगाउँमा कैलाशकूट सामाजिक अभियानको साधारणसभाको आज उद्घाटन गर्नुहुँदै उहाँले लिच्छविकालका तीनवटा प्रमुख दरबार मानगृह, भद्रादिवास र कैलाशकूटमध्ये हाँडिगाउँस्थित कैलाशकूटको महत्व अझ धेरै रहेको बताउनुभयो । संस्कृतिविद्...
-
२०८१ आश्विन २, बुधबार
कसरी मनाइन्छ भक्तपुरमा इन्द्रजात्रा
भक्तपुर - भक्तपुरको टोलटोलमा यम्बद्यः अर्थात् इन्द्र देवता ठड्याएर आठ दिनसम्म मनाइने इन्द्रजात्रा आइतबारदेखि सुरु भएको छ । जात्राको पहिलो दिन नगरका टोलटोलमा यम्बद्यः (देवता)का रूपमा १५–१६ फिट अग्ला लिङ्गोहरू ठडाएर जात्रा सुरु गरिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष द्वादशीको दिन स्थानीयवासीले यसलाई यम्बद्यः अर्थात् इन्द्र देवता उठाइएको भन्ने मान्यता रहेको इतिहासविद् एवं संस्कृतिविद् प्राडा...


