STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एकैदिन थपिए २,४४४ कोभिड संक्रमित

Janjati Khabar – Janjati Khabar | २०७८ पौष २७, मंगलबार

पुस २७, काठमाडौं - पछिल्लो २४ घण्टामा दुई हजार ४४४ जनामा कोभिड संक्रमण देखिएको छ । पन्ध्र हजार ३३ नमुनाको परीक्षण गर्दा दुई हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज १ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ ।
त्यस्तै आज ३१३ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या ९ हजार ५२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Categorized in स्वास्थ्य-मौसम