STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ओमिक्रोन फैलिने जाेखिम बढ्यो, भिडभाड रोक्नू र मास्क अनिवार्य गराउनू - स्वास्थ्य मन्त्रालय

Janjati Khabar – Janjati Khabar | २०७८ पौष १८, आइतबार

पुस १८, काठमाडौं - इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाले कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम बढेकाले सतर्कता अपनाउन पालिका, जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयहरूलाई अनुरोध गरेको छ । 

‘हालसम्म पनि यस महामारीको विश्वव्यापी जोखिम कायमै रहेको सन्दर्भमा थप संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा समेत भित्रिनुले सबै निकाय अझ सर्तक र पूर्वतयारीका साथ रहनु अपरिहार्य देखिन्छ,’ महाशाखाको अनुरोधमा भनिएको छ ।

जनस्वास्थ्यको मापदण्ड पालना गराउन, भिडभाड हुन नदिन र मास्कको प्रयोग अनिवार्य गराउन महाशाखाले पालिकाहरूलाई भनेको छ । कोभिड-१९ का केसहरूको पहिचान गरी आइसोलेसनमा राख्न र उपचारको समन्वय गर्न, कन्ट्याक्ट ट्रेसिङ तथा परीक्षण गर्न र सीमा नाकाबाट आउनेको परीक्षण तथा व्यवस्थापन गर्न स्थानीय सरकारलाई महाशाखाले भनेको छ । 

महाशाखाका निर्देशक डा. पौडेलले ओमिक्रोन भेरियन्ट बढ्ने संकेत देखिएकाले सतर्कता अपनाउन स्थानीय पालिकाहरूलाई अनुरोध गरिएको बताए । ‘भारतमा ओमिक्रोनको केस बढेको छ । नेपालको प्रवेश बिन्दुमा बढेकाले सतर्कता अपनाउन भनिएको हो,’ उनले भने । 

नेपालमा ओमिक्रोन भेरियन्ट फैलिएको वा नफैलिएकोबारे जिन सिक्वेन्सिङ गर्ने काम भइरहेको उनले बताए । ‘ओम्रिकोन भेरियन्ट बढ्ने संकेत देखिएको छ । जिन सिक्वेन्सिङ गर्ने काम भइरहेको छ,’ उनले भने । नेपालमा हालसम्म तीन जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

Categorized in स्वास्थ्य-मौसम