STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यकामा थपिए ५५४९ संक्रमित

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ४, मंगलबार

माघ ४, काठमाडौं -  काठमाडौं उपत्यकामा थप ५ हजार ५ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ४००४, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० गरी ५ हजार ५ सय ४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिइन् ।

मंगलबार देशभर १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता डा. मिश्राले बताइन् । प्रवक्ता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा ५६२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकाबाहिर चितवनमा १२०, मकवानपुर १७६, रुपन्देहीमा २१२, सुनसरी ३१०, मोरङमा ५०९, काभ्रेमा १२५ र कास्कीमा २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ ।

Categorized in स्वास्थ्य-मौसम