STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालमा थप एक जनामा ओमिक्रोन पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७८ पौष ७, बुधबार

७ पुस, काठमाडौं - नेपालमा थप एक जनामा ओमिक्रोन पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनस‍ंख्या मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्राले ९८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको बताइन् । मन्त्रालयको कोरोनासम्बन्धी प्रेफ ब्रिफिङमा बुधबार प्रवक्ता डा मिश्राले संक्रमित व्यक्ति घरमै आइसोलेसनमा रहेको र उनीसँग सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसि‌ङ भइरहेको बताइन् ।

हालसम्म २ हजार ३८ जना नियमित जीन सिक्वेन्सिङ गरिएकोमा २२ वटा डेल्टा भेरिएन्ट भेटिएकोमा त्यसमध्ये एउटा ओमिक्रोन भेरिएन्ट भेटिएको हो । योसँगै नेपालमा ३ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । मंसिर २० गते मन्त्रालयले ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको जनाएको थियो ।

Categorized in स्वास्थ्य-मौसम