STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एकैदिन ६७३४ जनामा कोरोना पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ३, सोमबार

माघ ३, काठमाडौं -  नेपालमा थप ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिइन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा २९४३, ललितपुरमा ७९५ र भक्तपुरमा २०१ जनामा कोरोना पुष्टि भएको प्रवक्ता मिश्राले बताइन् । काठमाडौं उपत्यकाबाहिर चितवनमा १७८, रुपन्देहीमा १५४, सुनसरी १४२, मोरङमा २६०, काभ्रेमा १५० र कास्कीमा ८१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५४७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको प्रवक्ता मिश्राले जानकारी दिइन् । उनका अनुसार देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ पुगेको छ ।

Categorized in स्वास्थ्य-मौसम