STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एकैदिन १० हजार बढीमा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ४, मंगलबार

माघ ४, काठमाडौं -  नेपालमा एकैदिन १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

२२ हजार ८ सय २८ जनाको परीक्षण गर्दा १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिइन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ४००४, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जनामा कोरोना पुष्टि भएको प्रवक्ता मिश्राले बताइन् । काठमाडौं उपत्यकाबाहिर चितवनमा १२०, मकवानपुर १७६, रुपन्देहीमा २१२, सुनसरी ३१०, मोरङमा ५०९, काभ्रेमा १२५ र कास्कीमा २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा ५६२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

मंगलबार देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ ।

Categorized in स्वास्थ्य-मौसम