relans
ni new 83
nib 2082 5

२४ घण्टामा कोरोना संक्रमित ९४४ पुगे

Janjati Khabar – Janjati Khabar | २०७८ पौष २४, शनिबार

 

२४ पुस, काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य छ। हालसम्म देशभर ११ हजार ६०२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

शनिबार २९७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ६ हजार १४० सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ९ हजार ७६२ पीसीआर तथा ३ हजार ५०२ एन्टिजेन परीक्षण भएको छ।

Categorized in स्वास्थ्य-मौसम
ppp 2