STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

२४ घण्टामा थपिए ४ हजार ९ सय ६१ कोरोना संक्रमित

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ३, सोमबार

२ माघ, काठमाडौँ । नेपालमा गएको २४ घण्टामा १५ हजार बढीमा गरिएको कोरोना परीक्षणमा थप ४ हजार ९ सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी १५ हजार १ सय ३१ जनाको नमूना परीक्षण गर्दा थप ४ हजार ९ सय ६१ जनामा सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ४ सय ३५ जना निको भएका छन् । आजै थप ३ जनाको ज्यान गएको छ । योसँगै संक्रमणबाट ज्यान गुमाउने संक्रमतिको संख्या ११ हजार ६२० पुगेको छ ।

आजै थप ५४ हजार ३१२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । नेपालमा अहिले २५ हजार ६ सय ८० जना कोरोनाका सक्रिय सङक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Categorized in स्वास्थ्य-मौसम