STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यकामा ३९३९ संक्रमित थपिए

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ३, सोमबार

माघ ३, काठमाडौं  - काठमाडौं उपत्यकामा थप ३ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा २९४३, ललितपुरमा ७९५ र भक्तपुरमा २०१ गरी ३ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिइन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका बाहिर चितवनमा १७८, रुपन्देहीमा १५४, सुनसरी १४२, मोरङमा २६०, काभ्रेमा १५० र कास्कीमा ८१  जनामा कोरोना पुष्टि भएको छ ।

सोमबार देशभर थप ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा ५४७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको प्रवक्ता मिश्राले जानकारी दिइन् । उनका अनुसार देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ पुगेको छ ।

Categorized in स्वास्थ्य-मौसम