STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७७ भाद्र १७, बुधबार

    इन्द्रदह मेला स्थगित

    काठमाडौँ – प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लाग्ने स्नान मेला स्थगत भएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएकाले त्यसबाट बच्न जारी निषेधाज्ञाका कारण हजारौँ मानिसको भीड हुने मेला स्थगन गरिएको नगर प्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिनुभयो । मङ्गलबारदेखि नै इन्द्रदह क्षेत्रमा प्रहरी र जनप्रतिनिधिले जम्मा भएका केही...

  • २०७७ भाद्र १७, बुधबार

    काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गरौँ : प्रदेश सांसद शाक्य

    विजयरत्न असंबरे – बागमती प्रदेशका प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यले काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने बताउनुभएको छ । उहाँले अहिलेको अवस्था हेर्ने हो भने संक्रमण फैलिएको स्थान र क्षेत्रलाई हेरेर स्वास्थ्य संकटकाल घोषणा गर्नु उपयुक्त देखिन्छ भन्नुभएको छ भने यसको लागि नागरिक तहबाट पनि सहयोगको आवश्यक रहेको कुरा उल्लेख गर्नु भएको छ । १४ दिन देखि २१ दिनसम्मको स्वास्थ्य...

  • २०७७ भाद्र १७, बुधबार

    जोरपाटी–सुन्दरीजल सडकको काम शुरु

    काठमाडौँ – बिस्तारका क्रममा रहेको जोरपाटी सुन्दरीजल सडकमा थोरै जनशक्तिले पनि गर्नसक्ने खालका काम शुरु भएको छ । निषेधाज्ञाका समयमा पैदलयात्रु मार्ग, हिमपाइपलगायतका संरचना निर्माणको काम भइरहेको हो । कोभिड–१९ को त्रासका कारण सडक निर्माणका धेरै काम गर्न नसकिने भएकाले सकिने काम गर्न थालिएको काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ । बिस्तारित सडकमा थोरै जनशक्तिले पनि गर्नसक्ने काम भइरहेको आयोजना...

  • २०७७ भाद्र १७, बुधबार

    उपत्यकाका ३८८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं – पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा ३८८ जनामा कोरोना भाइरसको स‌ंक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार काठमाडौं जिल्लामा मात्र ३५० जना संक्रमित थपिएका छन् । यसैगरी ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । हिजाे म‌ंगलबारमात्र उपत्यकामा ४८१ जनामा संक्रमण देखिएकाे थियाे ।

  • २०७७ भाद्र १७, बुधबार

    उपत्यकाको निषेधाज्ञा एक हप्ता थपियो

    काठमाडौं – उपत्यकामा जारी निषेधाज्ञा एक हप्ताकाे लागि थपिएकाे छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । यो अवधिमा के गर्न पाइने र के गर्न नपाइने भन्ने विषयमा सूचना निकालेर जानकारी गराइने जनाइएको छ। उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी जारी निषेधाज्ञा आजै बुधबार...

  • २०७७ भाद्र १७, बुधबार

    नयाँ निषेधाज्ञा खुकुलाे, के गर्न पाइने र के नपाइने हेर्नुहाेस्

    काठमाडौं – काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा थपिएकाे एक हप्ते निषेधाज्ञा खुकुलाे बनाइएकाे छ ।  काठमाडाैं उपत्यकामा भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थपिएकाे हो । अबकाे निषेधाज्ञामा विहान ११ बजेसम्म खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/मासु, बिक्री गर्ने पसल खोल्न पाइनेछ । औषधी र पानीको पसल भने दिनभर खोल्न पाइनेछ । त्यस्तै विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २...

  • २०७७ भाद्र १६, मंगलबार

    उपत्यकाका निषेधाज्ञाबारे छलफल गर्न सिडिओहरू भर्चुअल बैठक बस्दै

    काठमाडौं – उपत्यकामा जारी निषेधाज्ञाको समय बढाउने या नबढाउने विषयमा साझा धारणा बनाउन  काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू भर्चुअल बैठक बस्दैछन् । भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। जारी निषेधाज्ञाको समय बुधबार राति १२ बजे सकिँदैछ। निषेधाज्ञा समयको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू छलफलमा जुटेका हुन् । तीन जिल्लाका...

  • २०७७ भाद्र १६, मंगलबार

    उपत्यकाका निषेधाज्ञाको स्वरुपबारे छलफल हुँदै

     काठमाडौँ – काठमाडौँ उपत्यकाको तीन जिल्लामा जारी निषेधाज्ञालाई कुन स्वरुपमा लैजाने भन्ने विषयमा छलफल शुरु भएको छ । निषेधाज्ञाको बारेमा उपयुक्त निर्णय गर्न काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्न क्षेत्रका विज्ञ, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग छलफल शुरु गर्नुभएको हो । “तीन जिल्लाका प्रमखु जिल्ला...

  • २०७७ भाद्र १६, मंगलबार

    काठमाडौं उपत्यकामा ४८१ नयाँ संक्रमित थपिए

    काठमाडौं – पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरसका ‍४८१ जना नयाँ  संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले दिनुभएकाे जानकारी अनुसार संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।

  • २०७७ भाद्र १६, मंगलबार

    कोरोनासँग लड्नका लागि एकजुट हुन मेयरको अनुरोध

    विजयरत्न असंबरे – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको पुष्टि भएको समाचार आएदेखि उहाँको स्वास्थ्य स्थिति बारे विभिन्न माध्यमबाट चिन्ता पोख्नेहरुको संख्या निकै बढ्न थालेको छ भने आफ्नो स्वास्थ्य स्थिति बारे चिन्ता लिने शुभचिन्तकहरुलाई धन्यबाद व्यक्त गर्दै उहाँले आज एक विज्ञप्ति जारी गर्नु भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले कोरोनालाई परास्त गरी...

  • २०७७ भाद्र १५, सोमबार

    ईन्द्रजात्रा स्थगित, क्षमा पूजा थालियाे

    काठमाडाैं –  कोराेना जाेखिम बढेसँगै सरकारले निषेधाज्ञा लागु गरेपछि यसकाे प्रत्यक्ष असर काठमाडाै‌ंकाे ठूलाे जात्रा ईन्द्रजात्रामा परेकाे छ । निषेधाज्ञाका कारण यस वर्ष कुमारी भैरव र गणेशकाे रथयात्रा नहुने भएकाे छ । रथयात्रा नहुने भएपछि जात्रासँग सम्बन्धित कुमारी गणेश भैरव लाखे सवःभक्कु व देव खलकहरुले विधिपूर्वक क्षमा पूजा गरेकाे छ । यसैक्रममा ईन्द्रजात्रा अवधिभर निकालिने किलागलकाे पुलुकिसिकाे पनि...

  • २०७७ भाद्र १५, सोमबार

    स्वास्थ्यकर्मीका लागि निशुल्क बससेवा, कताबाट कुन समय बस पाइन्छ हेर्नुहाेस्

    काठमाडौँ – उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निशुल्क बससेवा सुरु गरिएको छ । कोभिड संक्रमणको जोखिम बढेपछि उपत्यकामा लगाइएको निषेधाज्ञालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीहरुको सुविधालाई मध्यनजर गर्दै निःशुल्क बससेवा सुरु गरिएको हो । भदौ १७ गतेसम्म उपत्यकामा निषेधाज्ञा जारी छ । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि उपत्यकाका जिल्ला प्रशासन कार्यालयका प्रमुखको संयुक्त बैठकले उपत्यकामा...

Pages