उपत्यका
-
२०७७ मङ्सिर २७, शनिबार
थपिए उपत्यकामा ४८२ र देशभर ८९९ जना कोरोना संक्रमित
काठमाडौं – आज काठमाडौं उपत्यकामा थप ४८२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३८१ जना, ललितपुरमा ६९ जना र भक्तपुरमा ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै देशभर आज थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ५२४२ जनामा परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ४७ हजार ५९३ जनामा कोरोना पुष्टि...
-
२०७७ मङ्सिर २६, शुक्रबार
धुलोबाट इँटा बनाउँदै कामपा
काठमाडौँ महानगरपालिकाले बु्रमरले सङ्कलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ । कामपाले झण्डै दुई वर्षदेखि सडकमा ब्रुमरको सहायताले धुलो सङ्कलन गरी सडक सफा गर्ने काम गरिरहेको छ । हालसम्म करीब छ हजार ५०० टन धुलो जम्मा भइसकेको छ । यसरी जम्मा गरिएको धुलो व्यवस्थापन गर्न समस्या भएको र उपयोग गर्न सकिने भएकाले इँटा बनाउनेबारे सम्बन्धित व्यक्तिसँग कामपाले छलफल गर्न थालेको छ । हाल यसरी...
-
२०७७ मङ्सिर २६, शुक्रबार
गुह्येश्वरी यात्राको विधि पूरा
प्रत्येक वर्ष मार्गशीर्ष कृष्णनवमीदेखि तलेजु भवानीलाई गुह्येश्वरीमा लगी गरिने जात्रा यस पटक कोरोना महामारीका बीच विधि पूरा गरिएको छ । यही मङ्सिर २४ गते हनुमानढोका दरबारबाट तलेजु भवानीलाई जमल–कमलपोखरी–कालोपुल हुँदै गुह्येश्वरी लगी पशुपति क्षेत्रका विभिन्न स्थानमा जात्रा गरिएको थियो । पशुपतिनाथ मन्दिर रहे पनि जात्राको विधि पूरा गर्न बिहीबार खोलेर तलेजु र गुह्येश्वरीको रथ घुमाइएको गुह्येश्वरी...
-
२०७७ मङ्सिर २६, शुक्रबार
धुलोबाट इँटा बनाउँदै काठमाडाै महानगरपालिका
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले बु्रमरले सङ्कलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ । कामपाले झण्डै दुई वर्षदेखि सडकमा ब्रुमरको सहायताले धुलो सङ्कलन गरी सडक सफा गर्ने काम गरिरहेको छ । हालसम्म करीब छ हजार ५०० टन धुलो जम्मा भइसकेको छ । यसरी जम्मा गरिएको धुलो व्यवस्थापन गर्न समस्या भएको र उपयोग गर्न सकिने भएकाले इँटा बनाउनेबारे सम्बन्धित व्यक्तिसँग कामपाले छलफल गर्न थालेको छ । हाल यसरी...
-
२०७७ मङ्सिर २६, शुक्रबार
मालीगाउँमा द्यःछेँ (देवघर)को पुनर्निर्माण सुरु
काठमाडाैं – काठमाडौंको ऐतिहासिक सांस्कृतिक क्षेत्र मालीगाँउमा रहेको ऐतिहासिक ‘मैती अजिमा शरण’ (द्यःछेँ/देवघर)को पुनर्निर्माणका लागि शिलान्यास गरिएको छ । काठमाडौं–५ मालीगाउँमा रहेको ऐतिहासिक द्यःछेँको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका हुन् । नेकपा केन्द्रीय सदस्य तथा सोही क्षेत्रका प्रदेश सांसद नारायण सिलवालको पहलमा सोही द्यःछेँ पुनर्निर्माण हुन लागेको हो ।...
-
२०७७ मङ्सिर २५, बिहिबार
काठमाडौंका सडकमा २ हजार आधुनिक बत्ती जाेडिने
काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकमा आधुनिक सडक बत्ती जडान हुने भएको छ । सो सम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्ग र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा बिहीबार मन्त्रालयमा सो सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमति अनुसार...
-
२०७७ मङ्सिर २५, बिहिबार
आजदेखि चिडियाखाना खुल्ने
काठमाडौं - विश्व महामारीका रुपमा फैलिएको कोभिड-१९ को सङ्क्रमण नेपालमा पनि देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखा बिहीबारदेखि खुल्ने भएको छ। नेपाल सरकारको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी बिहीबारदेखि चिडियाखाना खुल्न लागेको व्यवस्थापन पक्षले जनाएको छ।चिडियाखानामा प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार...
-
२०७७ मङ्सिर २५, बिहिबार
उखु किसानले मंसिर २८ देखि माइतीघरमा धर्ना दिने
काठमाडौं - चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । उखु किसानले मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन थाल्ने घोषणा गरेका हुन् । माइतीघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने गरी तयारी गरिएको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।...
-
२०७७ मङ्सिर २४, बुधबार
स्वयम्भू आनन्दकुटी विद्यापीठमा आइसोलेसन निर्माण गरिने
काठमाडौं – काठमाडौं क्षेत्र नं. ८ स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठमा आइसोलेसन निर्माण गरिने भएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं संघीय प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले आफ्नो क्षेत्र विकासका लागि छुट्याइएको ४ करोड मध्ये १ करोड ५० लाख ४० हजार रुपैयाँबाट सो आइसोलेसनको निर्माण हुनलागेको हो । आनन्दकुटी विद्यापीठको प्रयोगविहीन अवस्थामा रहेको भवनमा ५० बेड क्षमताको आइसोलेसन निर्माण हुने...
-
२०७७ मङ्सिर २३, मंगलबार
रातो मच्छिन्द्रनाथको पुनःनिर्माण अलपत्र
–सुभानु आचार्य बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण अलपत्र परेको छ । मन्दिर पुनःनिर्माणका लागि आवश्यक पर्ने काठ बजारमा अभाव भएसँगै पुनःनिर्माणमा ढिलाइ भइरहेको बताइएको छ । पुनःनिर्माणका लागि आठ बाइ आठ, छ बाइ छ, चार बाइ छ र चार बाइ चार प्रकारका काठ आवश्यक पर्ने हुन्छ । बजारमा ती प्रकारका काठ पाउन नसकिएको रातो मच्छिन्द्रनाथ मन्दिर उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्यले बताउनुभयो...
-
२०७७ मङ्सिर २३, मंगलबार
बाला चतुर्दशीमा दीपदान नहुने, सत्बीज छर्न सकिने
काठमाडौँ – प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ । त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिएकामा यस वर्ष कोरोना महामारी फैलन सक्ने हुँदा भौतिक दूरी कायम गरी दीप दान गर्न असम्भव हुने देखिएकाले बन्द गरिएको पशुपति क्षेत्र विकास...
-
२०७७ मङ्सिर २२, सोमबार
बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ । त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिएकामा यस वर्ष कोरोना महामारी फैलन सक्ने हुँदा भौतिक दूरी कायम गरी दीप दान गर्न असम्भव हुने देखिएकाले बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले...


