STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेवाः युट्युबको वार्षिकोत्सव मनाइयो

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ४, शनिबार

काठमाडौं – एड जोन प्रा.लि.बाट संचालित नेवाः युट्युब तेस्रा वार्षिकोत्सव एक कार्यक्रम गरी मनाइएको छ ।

पुस ३ गते शुक्रबार ज्याठास्थित ‘झीगु भ्वय्छेँ’ रेष्टुरेन्टमा आयोजित कार्यक्रममा दिवंगत पत्रकार विक्रम शाक्यको परिवारलाई १० हजारको आर्थिक सहयोग पनि प्रदान गरिएको थियो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जन विशेष अतिथिको रुपमा आएका थिए ।

उक्त कार्यक्रममा समाजसेवी चेतना श्रेष्ठले पत्रकार विक्रम शाक्यकी जहान धनलक्ष्मी शाक्यलाई  रु १० हजार हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा दिवंगत पत्रकार शाक्यलाई सम्झिँदै नेपालभाषाको पत्रकारितामा शाक्यले पु¥याएको योगदानबारे पनि चर्चा भएको थियो ।

एड जोन प्रा.लि. एवं नेवाः युट्युबका प्रमुख सुजीव वज्राचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा गायक पवित्र कसाःले स्वागत मन्तव्य राखेका थिए भने उमेश स्थापितले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मेयर शाक्यले पत्रकारिता क्षेत्रमा नेवाः युट्युब समय सुहाउँदो संचार माध्यम रहेको र महानगरपालिकामा आफ्नो कार्यकाल रहँदै राम्रो प्रस्ताव आए त्यसलाई कार्यान्वयन गर्ने बताएका थिए । सभापतिको स्थानबाट बोल्दै सुजीव वज्राचार्यले काठमाडौं महानगरपालिकाले लागु गर्न लागेको स्थानीय पाठ्यक्रमका विषयवस्तु सम्पूर्ण नेवार समुदायसमक्ष पु¥याउनु नै पर्ने देखिएकोले त्यसलाई सुहाउँदो कार्यक्रम संचालन गर्न सकिने सम्भावना मेयरसमक्ष व्यक्त गरेका थिए ।

साथै, वज्राचार्यले नेवाः युट्युबको आफ्नै स्टुडियो निर्माण गरिने तथा युवापुस्तालक्षित कार्यक्रम चाँडै प्रशारण हुने जानकारी पनि दिएका थिए ।

कार्यक्रममा नेवाः युट्युबलाई स्थापनाकालदेखि सहयोग गर्दै आएका कर्मचारी, विज्ञापनदाता एवं नेवाः युट्युबले निर्माण गरेका शर्टफिल्मका कलाकारहरुलाई खादा ओढाई सम्भान गरिएको थियो ।

कोरोना जोखिमलाई ध्यानमा राख्दै न्यून उपस्थितिमा सम्पन्न कार्यक्रमलाई नेवाः युट्युब एवं नेवाः सुचना केन्द्रले आ–आफ्नो फेसबुक पृष्ठबाट प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।

 

Categorized in उपत्यका