STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ माघ १६, शुक्रबार

    घ्याम्पो फोडी चाँगुनारायण जात्रा मनाइयाे

    घ्याम्पो फोर्ने तथा चाँगुनारायण जात्रा काठमाडौंको हनुमान ढोकाक्षेत्रमा मनाइएको छ । नेवार समुदायले हनुमानढोकामा यो जात्रा मनाएका हुन् । चाँगुनारायणलाई काठमाडौंको हनुमानढोकामा दर्शन गराउन ल्याउने क्रममा ठाउँ-ठाउँमा पुराना माटोको भाँडा फुटाएर अपसगुन देखाउने परम्परा छ । लिच्छवीकालदेखि सुरु भएको मानिने यो घ्याम्पो फोर्ने जात्रा चाँगुनारायण, भक्तपुर, ठिमी, कोटेश्वर, तीनकुने, भोटाहिटी,...

  • २०७७ माघ १५, बिहिबार

    ङ्यत त्वाःका पूर्व त्वाःनायः स्व.महर्जनको सम्झनामा ९७औं स्मृति सभा

    नरदेवी श्री श्वेतकाली गुठीका पूर्व मूलधामी तथा परम्परागत ङ्यत त्वाःका पूर्व त्वाःनायः स्व. लक्ष्मी नारायण महर्जनको सम्झनामा ९७औं स्मृति सभा आज बिहिवाः सम्पन्न भएको छ । का।म।पा। १८ वडा नरदेवी स्थित समिमुग गल्लीमा वि।सं। १९८१ पौष शुक्ल पूर्णिमाका दिन पिता जोगमान महर्जन तथा माता लक्ष्मी थुकुं महर्जनको कोखबाट जन्मिनु भएका वहाँका तीन छोराहरु देवकृष्ण महर्जन, श्यामकृष्ण महर्जन र शुरेस महर्जन रहेका छन्...

  • २०७७ माघ १३, मंगलबार

    शहिदहरुलाई चीरकालसम्म सम्झिरहन महानगरपालिकाले चार सहिदका शालिक निर्माण गर्ने

    काठमाडौं महानगरपालिकाको सिफलस्थित सहिद धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थानमा आज उहाँको सम्झनामा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । यस बर्षको सहिद सप्ताह कार्यक्रमअन्तर्गत माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरी काठमाडौँ महानगरपालिकाले सहिद सप्ताह सुरु गरेको थियो । आज सहिद सप्ताहको तेस्रो दिन अर्थात माघ १३ गते सिफलमा श्रद्धाञ्जलीसभा...

  • २०७७ माघ १३, मंगलबार

    सहिद धर्मभक्त माथेमालाई सम्झियाे

    काठमाडौँ – राणा शासनको विरुद्धको संघर्षमा आफ्नो प्राणको आहुती दिने सहिद धर्मभक्त माथेमाको शालिकमा फूलमाला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ । सहिद सप्ताहको अवसरमा मंगलबार काठमाडौंको सिफलमा रहेको माथेमाको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य लगायतले सहिद माथेमा शालिकमा माल्यार्पण गरी श्रद्दाञ्जली व्यक्त गरे । जहाँनिया राणा...

  • २०७७ माघ १३, मंगलबार

    मेयर शाक्यले गरे शहीदहरूको योगदानको चर्चा

    शहिद सप्ताह अारम्भ भएको अवसरमा  शनिवार काठमाडौंको टेकु मचलीस्थित शहिद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिईएको स्थानमा आर्य समाजद्वारा अायोजित श्रद्धाञ्जली सभामा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले शहिदहरुको योगदान चीरकालसम्म चर्चामा हुने बताएका छन् । प्रमुख शाक्यले  पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्याउन बलिदानी दिने सहिदको योगदानका कारण नेपालमा गणतन्त्र...

  • २०७७ माघ ७, बुधबार

    कमलपोखरीको जमिनबारे पत्रकार सम्मेलन गरेर सत्य–तथ्य जानकारी दिने मेयर शाक्यको दावी

    काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणका सन्दर्भमा छिट्टै पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी दिने बताउनु भएको छ । आज काठमाडौँ महानगरपालिकाको आठौँ नगरसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले महानगरपालिकाले तयार पारेको ड्रइङ–डिजाइन र गर्न खोजेको कामलगायतका बारेमा त्यहाँको सबै बस्तुस्थितिबारे छिटै पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौँ भनेर शाक्यले...

  • २०७७ माघ ७, बुधबार

    ललितपुर महानगरले पाटन अस्पताललाई दियाे एक करोड सहयोग

    काठमाडाैँ – ललितपुर महानगरले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापनागर्न एक करोड आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच पाटन अस्पताललाई ललितपुर महानगर पालिकाका मेयर चिरिबाबु महर्जनले चेक हस्तान्तरण गरे । कार्यक्रममा मेयर महर्जनले अस्पतालले महानगरबासीलाई पुर्याएको सहयोगको लागि महानगरले थोरै भएपनि सहयोग गर्न पाएकोमा सन्तोष मिलेको बताए । सहयोगको शिलशिला बल्ल सुरु भएको भन्द मेयर महर्जनले...

  • २०७७ माघ ४, आइतबार

    लगनस्थित कीर्ति पुण्य महाविहार आगंछेँको मेयर शाक्यद्वारा शिलान्याश

    काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले वडा २१ लगनटोलस्थित कीर्ति पुण्य महाविहार आगंछेँंको शिलान्यास गर्नुभएको छ । माघ २ गते विहान धार्मिक विधिअनुसार आयोजना गरिएको कार्यक्रममा शिलान्यास गर्नुभएको हो । सो अवसरमा बोल्नु हुँदै काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मुर्त–अमुर्त सम्पदाको संरक्षणमा काठमाडौँ महानगरपालिका एकाग्र भएर लागेको बताउनु भएको छ । वडा नं. २१ स्थित लगन टोलमा...

  • २०७७ माघ ३, शनिबार

    कमलपाेखरी पुनर्निर्माण : ढुंगा, कंक्रिटको प्रयोगमा स्थानीयकाे विरोध

     काठमाडाैँ - कमलपोखरीको पुरातात्विक महत्वलाई मासेर पुनर्निर्माण गरिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । कमलपोखरीको पुरातात्विक महत्वलाई मासेर पुनर्निर्माण गरिएको भन्दै शुक्रबार स्थानीयले बिरोध जनाएका हुन् । कमलपोखरीको पुनर्निर्माणमा ढिलाई भएको तथा यसको महत्वलाई नै मास्नेगरी ढुंगा, कंक्रिटको प्रयोग गरी निर्माण गरिएको कारण विरोधमा उत्रिनुपरेको स्थानीयले बताएका छन् । पहिले देखाइएको डिजाइनभन्दा फरक...

  • २०७७ माघ १, बिहिबार

    माघे संक्रान्तिमा चाकु नै किन खाने ?

    माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंको टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याईनभ्याई छ । माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेको छ त्यसैले यो समयमा चाकुको खपत पनि बढी हुन्छ । यस वर्ष कोभिड–१९को प्रभावका कारण चाकुको माग कम छ । तर पनि उद्यमीहरुलाई चाकु बनाउन भ्याइनभ्याई छ ।  काठमाडौंको टोखा चाकुका लागि प्रसिद्ध शहर हो । टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा छन् । माघे संक्रान्ति नजिकिएसँगै...

  • २०७७ पौष २९, बुधबार

    कमलपोखरीको निर्माण रोक्न मेयर शाक्यलाई गगन थापाको पत्र

    काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले कमलपोखरीको निर्माण कार्य तत्कालका लागि रोक्न काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र लेखेका छन् । कमलपोखरीको स्वरूप परिवर्तन गरेर प्राकृतिक सिमसारको स्वरूप समेत नासिने गरी पोखरी निर्माण गर्न लागेको भन्दै विरोध भइरहेको बेला सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सांसद समेत रहेका थापाले पनि निर्माण रोक्न नगरप्रमुखलाई पत्र लेखेका हुन्...

  • २०७७ पौष २८, मंगलबार

    राजा नरेन्द्रदेव लगायतको गलत मूर्ति बनाइएपछि रिट : भूगोलपार्कमा मूर्ति नराख्न अन्तरिम आदेश

    काठमाडौं – लिच्छविकालीन राजा नरेन्द्रदेवलगायत नेपालमा बुंगम लोकेश्वर (रातो मछिन्द्रनाथ) भित्र्याउने ऐतिहासिक व्यक्तित्वहरुको मूर्ति भुगोलपार्कमा नराख्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ । ऐतिहासिक व्यक्तित्वहरुको गलत मूर्ति बनाइएको, सामान्य प्रतिमा लक्षणसमेत उल्लंघन गरी ऐतिहासिकता नष्ट हुने देखिएपछि सर्वोच्चमा रिट परेको थियो । गत पुस २० गते अधिवक्ता पद्मबहादुर श्रेष्ठ, कर्माचार्य समाजलगायतले...

Pages