STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७७ भाद्र २५, बिहिबार

    साझा पार्टीको तर्फबाट तातो भात अभियान आरम्भ

    विजयरत्न असंबरे कोरोना भाइरसको संक्रमणबाट हुने कोभिड १९ रोगबाट सुरक्षित रहन लागु गरिएको लकडाउन र निषेधाज्ञा लम्बिंदै गए पछी गरीब निमुखा जनताहरु समस्याको मारमा जेलिंदै गईरहेको छ भने विशेषगरी दैनिक श्रम गरेर जिविकोपार्जन गर्नु परेकाहरुलाई दैनिक हातमुख जोर्न समेत गा¥हो हुँदै गईरहेको छ । यही कठीन अवस्थालाई दृष्टिगत गरी साझा पार्टीले काठमाण्डौं उपत्यकाका विभिन्न ठाउँहरुमा तातो भात अभियानको थालनी...

  • २०७७ भाद्र २५, बिहिबार

    हिरासतमा रहेकाकाे रिहाइ माग्दै थसिमा प्रदर्शन

    काठमाडौं – बुंगःद्यः जात्राको रथयात्राको क्रममा भएको झडपमा पक्राउ परेकालाई अविलम्ब रिहा गराउन थसिमा स्थानीयले प्रदर्शन गरेका छन् । नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूको महालक्ष्मी नगर समिति थसि कचाको आयोजनामा बुधबार बिहान उक्त प्रदर्शन भएको थियो । प्रदर्शनमा थसिका स्थानीय वृद्धवृद्धा तथा युवायुवतीहरुको उल्लेख सहभागिता रहेको थियो । हिरासतमा रहेकाहरुलाई अविलम्ब रिहाइको माग गर्दै ठाउँ ठाउँमा...

  • २०७७ भाद्र २५, बिहिबार

    हिरासतमा रहेकाको रिहाइ माग्दै लुभु र साँगामा प्रदर्शन

    काठमाडौं – बुंगःद्यः जात्राको क्रममा भएको झडपमा पक्राउ परेकाहरुको अविलम्ब रिहाइ माग्दै लुभु र साँगामा स्थानीयले प्रदर्शन गरेको छ । ललितपुरको लुभुमा स्थानीयहरुले स्वतःस्फूर्त रुपमा हिरासतमा रहेकाहरुको रिहाइ माग्दै प्रदर्शन गरेका हुन् । [caption id="attachment_38290" align="alignnone" width="901"] लुभुका स्थानीयकाे प्रदर्शन[/caption] यसैगरी, साँगा, काभ्रेका स्थानीयहरुले पनि हिरासतमा रहेकाको रिहाइ...

  • २०७७ भाद्र २५, बिहिबार

    काठमाडौंका ४९५ सहित उपत्यकामा थपिए ५७२ कोरोना संक्रमित, कुल संक्रमित ५० हजार नाघ्याे

    काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ५७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार मात्रै ४६४ जनामा संक्रमण देखिएको थियो। काठमाडौंका ४९५ , भक्तपुरका ३४ र ललितपुरका ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...

  • २०७७ भाद्र २५, बिहिबार

    सम्पदा अभियन्ताहरु सबैलाई रिहा गरियो

    काठमाडौं – बुंगःद्यः रथयात्राको क्रममा भएको झडपमा समातिएका सबैलाई राज्यले रिहा गरेको छ । सम्पदा अभियन्ताहरु यादवलाल कायस्थ, असोज महर्जनलगायत सबैलाई अहिले साँझ ७ बजे रिहा गरिएको हो । यसअघि समातिएकाहरुमध्ये ९ जनालाई छोडिसकेको थियो । हिरासतमा रहेकाहरुको रिहाइको लागि ज्यापु समाज, ललितपुरका अध्यक्ष चन्द्र महर्जन, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, नेवार अगुवा मल्ल के. सुन्दर, बागमती प्रदेशका...

  • २०७७ भाद्र २४, बुधबार

    ससम्मान रिहाइ माग्दै न्हूघः (जैसीदेवल)का स्थानीय महिला समूह

    काठमाडौं– बुंगःद्यःजात्राको क्रममा भएको झडपमा समातिएका सांस्कृतिक अभियन्ताहरुको रिहाइको लागि काठमाडौंमा पनि जनस्तरबाट प्रदर्शन भएको छ । स्थानीय न्हूघः (जैसीदेवल) टोलस्थित झातपाःद्यः स्थानका महिला समूहले जनता थुनेर गरिने शासनको विरोधमा प्रदर्शन गरेका छन् । उनीहरुले झडपका क्रममा समातिएकाहरुको अविलम्ब ससम्मान रिहाइ हुनुपर्न जस्ता मागसहितका पम्प्लेट बोकेका थिए । यसअघि हिरासतमा रहेकाहरुको रिकाइको माग...

  • २०७७ भाद्र २४, बुधबार

    मलाई मार्ने धम्की दिनेलाई पनि रिहा गरिदिनू : ललितपुर मेयर

    काठमाडौं – ललितपुरका मेयर चिरिबाबु महर्जनलाई मार्ने धम्की दिएको आरोपमा पक्राउ परेकालाई पनि रिहा गरिदिन स्वयं मेयर महर्जनले प्रशासनको ध्यानाकर्षण गराएको छ । ललितपुर मेयर महर्जनले आज एक विज्ञप्ति प्रकाशित गरी आफूलाई मार्ने धम्कीसहितको अभिव्यक्ति दिने संजय शाक्यलाई प्रहरीले पक्राउ गरेको र शाक्यले उत्तेजनात्मक अभिव्यक्ति दिएका कारण उनलाई रिहा गरिदिन प्रशासनको ध्यानकर्षण गराएको जनाएको छ । साथै,...

  • २०७७ भाद्र २४, बुधबार

    काठमाडाैंका ३९४ सहित उपत्यकामा थपियो ४६४ संक्रमित

    काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौंका ३९४ सहित उपत्यकामा थप ४६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी अनुसार भक्तपुरका ३६ र ललितपुरका ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ४६४ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार मात्रै उपत्यकामा ३९६ जनामा संक्रमण...

  • २०७७ भाद्र २४, बुधबार

    पक्राउ परेकाको रिहाइ माग्दै खोकनामा मसाल जुलुस

    काठमाडौं – रातो मछिन्द्रनाथ बुंगःद्यः रथयात्राको क्रममा भएको झडपमा प्रहरीले पक्राउ गरेका सम्पदा अभियन्ताहरुको रिहाइको माग गर्दै मंगलबार साँझ खोकनामा मसाल जुलुस निकालिएको छ । स्थानीय सम्पदाप्रेमीको पहलमा निकालिएको मसाल जुलुसले हिरासतमा रहेकाहरुको रिहाइको माग गर्दै नाराबाजी पनि गरेका थिए । त्यही साँझ भएको एउटा कोणसभामा पक्राउ परेकाहरुको सम्बन्धमा नेपाल सांस्कृतिक पुनर्जागरण अभियान खोकनाका अध्यक्ष...

  • २०७७ भाद्र २४, बुधबार

    बुंगमतिमा पनि हिरासतमा रहेकाको रिहाइ माग्दै प्रदर्शन

    काठमाडौं – बुंगःद्यः रथयात्राको क्रममा हिरासतमा परेकाहरुको अविलम्ब रिहाइको माग गर्दै बुंगमति, ललितपुरमा पनि जनप्रदर्शन भएको छ । बुंगमतिका स्थानीय युवा, महिला तथा पुरुषहरुको संलग्नतामा बुधबार बुंगमति मन्दिर परिसरमा प्रदर्शन गरिएको थियो । नेवार अभियन्ताहरुको रिहाइ गरिनुपर्ने, नेवार एकता जिन्दाबाद, नेपाल रहेसम्म नेवार संस्कृति र सम्पदा रहन्छ जस्ता पम्प्लेटहरु प्रदर्शन गरिएको थियो । स्मरणीय छ,...

  • २०७७ भाद्र २४, बुधबार

    पक्राउ परेका अभियन्ताहरुको रिहाइ माग्दै टोखामा जनप्रदर्शन

    काठमाडौं – रातो मछिन्द्रनाथ बुंगःद्यः रथयात्राको क्रममा भएको झडपमा प्रहरीले पक्राउ गरेका सम्पदा अभियन्ताहरुको रिहाइको माग गर्दै टोखामा जनस्तरबाट स्वतःस्फूर्त प्रदर्शन गरिएको छ । टोखाका स्थानीयहरुले मंगलबार स्वतःस्फूर्तरुपमा निकालेको प्रदर्शनमा प्रहरीले पक्राउ गरेका सम्पदा अभियन्ताहरुको रिहाइ माग गरिएका पम्प्लेटहरु प्रदर्शनमा राखेका थिए । यसअघि हिरासतमा रहेकाहरुको रिहाइ माग्दै विभिन्न स्थानमा...

  • २०७७ भाद्र २४, बुधबार

    उपत्यकाकाे खुकुलाे निषेधाज्ञा एक साता यथावत, भोलिदेखि जाेरबिजाेर प्रणाली लागु

    काठमाडौं – उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि यातायातका साधन जाेर बिजाेर प्रणालीमा चल्ने भएकाे छ । बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले खुकुलाे निषेधाज्ञाको समय भने एक साताका लागि लागू नै गरेको छ। निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्ने काठमाडौं जिल्ला प्रशासनले जनाएकाे छ । यसैगरी बुधबार बसेको उपत्यकाका प्रमुख...

Pages