STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ फाल्गुण ३, सोमबार

    ‘प्रबज्या सम्बर’ (बरे छुइगु परम्परा)बारे प्रवचन

    नेवार समुदायभित्र बज्राचार्य एवं शाक्य जातिले गर्दै आएको विहार (संघ) प्रवेश गराउने परम्परा प्रबज्याभिषेक अर्थात् प्रवज्या सम्बर (बरे छुइगु) बारे प्रा.डा नरेशमान बज्राचार्यले भन्नु भइ अनुसार यो परम्पराबारे ज्ञानको कमी हुन थालेको र यसकारण परम्परा निरन्तरतामा समेत चुनौती थपिएको देखिन्छ । उहाँले यो कुरा जिसि आजु गुठी, रत्न केतु महाविहार झ्वाःबाहालले यस विषयमा अायोजना गरेको कार्यक्रममा बताउनु भएको हो...

  • २०७७ माघ ३०, शुक्रबार

    तारकेश्वरमा बर्डफ्लु पुष्टि, सयाैंकाे संख्यामा कुखुरा र हाँस नष्ट

    काठमाडौं – काठमाडौंको तारकेश्वर साङ्लेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको हाँस र कुखुरामा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए । केही दिनअघि स्थानीय किसानले पालेको हाँस र कुखुराको नमुना त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षणका लागि पठाएको...

  • २०७७ माघ २९, बिहिबार

    बटुवाको प्यास मेटाउन काठमाडौँ महानगरका पाँच स्थानमा जरुंहितिको रुपमा वाटर एटिएम

    काठमाडौं उपत्यकाका तीन शहर लगायत नेवारहरुको   बाहुल्यता रहेका स्थानहरुमा बाटो हिंड्ने बटुवाहरुकालागि पिउने पानीका लागि जरुंहिटी अर्थात् जलद्रोण राखिएको हुन्थ्यो भने यसै जरुंहिटी को नाममा आज खानेपानी मन्त्री मणिचन्द थापाले ‘प्लाष्टिक रहित सहरको परिकल्पनामा सहभागी बनौँ’ भन्ने नारालेखिएको बोर्डसँगै काठमाडौँ महानगरपालिकाका तीन विभिन्न स्थानमा वाटर एटीएमको उद्घाटन गर्नु भएको छ । सुरुमा रत्नपार्क...

  • २०७७ माघ २८, बुधबार

    बिहिबार किपू बस सेवाको मेट्रो कार्ड उद्घाटन हुने

    किपू बस सेवा प्रा.लि.ले भोलि माघ २९ गते बिहिबार मेट्रो कार्ड प्रणालीको उद्घाटन गरिने भएको छ । किपू बस सेवा प्रा.लि.का अध्यक्ष अर्जुन सिंहले भोलि बिहिबार दिउँसो ३ बजे कीर्तिपुर नगरपालिका ९ वडा पांगा जाने दोबाटो नयाँबजारस्थित कृष्ण क्याटरिंगमा हुने जानकारी दिनुभएको छ । कीर्तिपुरका जनसमुदायबाट संचालित किपू बस सेवा प्रा.लि.ले नेपाल सरकारको नीति नियम बमोजिम सार्वजनिक यातायातहरुमा पूर्ण रुपमा नगद रहित...

  • २०७७ माघ २६, सोमबार

    लोडसेडिङविरुद्ध कीर्तिपुरका जनता : प्राधिकरणलाई ध्यानाकर्षण

    दुई–तीनदिनदेखि निरन्तर लामो समयसम्म लोडसेडिङ गरी जनतालाई दुःख दिइरहेपछि कीर्तिपुर विद्युत् प्राधिरकणविरुद्ध कीर्तिपुरका जनता उठेका छन् । लोडसेडिङविरुद्ध कीर्तिपुरका जनसमुदायले आइतबार विद्युत् प्राधिकरण, कीर्तिपुर वितरण केन्द्रको कार्यालयमै पुगी ध्यानकर्षण पत्र हस्तान्तरण गरेका छन् । सो ध्यानकर्षण पत्र कीर्तिपुर नगरपालिकाको कार्यालय र महानगरीय प्रहरी वृत्त, कीर्तिपुरलाई समेत बोधार्थ गरिएको छ । सो...

  • २०७७ माघ २५, आइतबार

    ‘पञ्चवीर सिंह पुरस्कार’ प्रदान

    बुद्ध धर्मसम्बन्धी उत्कृष्ट लेख लेख्नुभएका उपप्राध्यापक डा त्रिरत्न मानन्धर, पत्रकार हिमेश रत्न बज्राचार्य र शोभानानी शाक्यलाई शनिबार यहाँ ‘पञ्चवीर सिंह पुरस्कार’ प्रदान गरियो । नेपाल भाषा टाइम्स दैनिकमा वर्षभरि प्रकाशित लेखहरुमध्ये उत्कृष्ट लेखका लागि बुद्ध संवतको हरेक वर्ष एक पुरुष र एक महिला लेखकलाई युवा बौद्ध समूह, काठमाडौँले यो पुरस्कार प्रदान गर्दैआएको छ । लोचनतारा तुलाधर र सहप्राध्यापक...

  • २०७७ माघ २४, शनिबार

    निष्पक्ष भएर कलम चलाउन सञ्चारकर्मीहरुलाई मेयर शाक्यको आग्रह

    काठमाडौँ महानगरपालिकाले पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाले जेष्ठ, अशक्त र गम्भीर प्रकारको रोग लागेका पत्रकारहरुको उपचारका लागि स्थापना गरेको कोषका लागि रु १५ लाख सहयोग गरेको छ । शनिबार काठमाडौँ जिल्ला शाखाको २२ औँ साधारणसभामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।  चेक हस्तान्तरणपछि सो सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मेयर शाक्यले...

  • २०७७ माघ २४, शनिबार

    काठमाडाैं महानगरपालिकाद्वारा बुद्ध विहारलाई थप सहयोग

    काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित बुद्ध विहार पुनःनिर्माणका लागि थप ७० लाख रुपैयाँ अनुदान दिएको छ । गत आर्थिक वर्षमा १ करोड रुपैयाँ अनुदान दिएको महानगरपालिकाले चालू आर्थिक वर्षमा सो रकम प्रदान गरेको हो । शनिबार राजधानीको भुकृटीमण्डपस्थित विहारको सभाहलमा आयोजित एक समारोहकाबीच महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माण समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविर र कोषाध्यक्ष सुरेश...

  • २०७७ माघ २०, मंगलबार

    क्रिकेट संघलाई महानगरपालिकाको ५० लाख सहयोग

    काठमाडौं मेयर्स कप — २०७७ क्रिकेट प्रतियोगिता सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले नेपाल क्रिकेट संघलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आज राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा दुई पक्षबीच सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमति पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र संघका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गर्नु भएको...

  • २०७७ माघ १७, शनिबार

    काठमाडाैंमा बर्डफ्लू

    काठमाडौँ – नेपालमा बर्ड फ्लू देखिएको छ । काठमाडाैंको तारकेश्वर नगरपालिकामा पालेका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । केन्द्रिय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लू भएको पुष्टि भएको हो । बर्ड फ्लू पुष्टि भएपछि त्यो फार्म तथा आसपासमा रहेका १८ सय ५६ वटा हाँस, ६ सय २२ वटा बट्टाई, ३२ वटा कुखुरा, २५ वटा टर्कीसँगै ५ सय ४२ अण्डा र...

  • २०७७ माघ १७, शनिबार

    पत्रकार दबूको कार्यक्रममा कमलपोखरीमा राजनीति हावी भएको मेयर शाक्यको दावी

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमल पोखरी पुनर्निर्माणका क्रममा राजनीति हावी भएको दावी गर्नु भएको छ । नेवाः राष्ट्रिय पत्रकार दबू काठमाडौं जिल्ला शाखा कार्यालयको  उद्घाटन कार्यक्रममा उहाँले उक्त कुराको दावी गर्नुभएको हो । विघटित संसदका सांसद गगन थापा लगायत स्थानीय जनतासँग पटक–पटक छलफल गरी डिजाइनलाई अन्तिम रुप दिइ कमल पोखरी पुनर्निर्माणको काम अघि बढाएको भन्दै पुनर्निमाणको धेरै...

  • २०७७ माघ १६, शुक्रबार

    परामर्श नगरी एक पक्षीयरुपमा पत्राचार गरेकोप्रति पुरातत्वलाई महानगरको ध्यानाकर्षण

    कमलपोखरी पुनर्निर्माणका क्रममा समन्वय नगरेको भन्दै पुरातत्व विभागलाई काठमाडौँ महानगरपालिकाले ध्यानाकर्षण गराएको छ ।  काठमाडौँ महानगरपालिकाका प्रशासन विभाग प्रमुख महेश काफ्लेले पुरातत्वलाई पत्र नै पठाएर ध्यानाकर्षण गराउनु भएको हो । कमलपोखरी पुनर्निर्माणका सन्र्दभमा पछिल्लो समय देखिएको विवादको विषयमा पुरातत्व विभागले महानगरपालिकासँग समन्वय नै नगरी महानगरपालिकालाई पठाएको भनिएका पत्र एकपक्षीय रुपमा...

Pages