उपत्यका
-
२०७७ चैत्र १६, सोमबार
काठमाडौँ महानगरपालिकाको फोहोर विसर्जनमा अवरोध नगर्न सिसडोलवासीलाई अनुराेध
नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय बासिन्दाले काठमाडौं उपत्यकाको फोहोर–मैला विसर्जनमा गरेको अवरोधप्रति काठमाडौँ महानगरपालिकाले ध्यानाकर्षण भएको बताएको छ । काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले एक विज्ञप्ति निकाल्दै यस्तो ध्यानाकर्षण भएको जानकारी दिएको हो । ‘काठमाडौँ उपत्यकाभित्र दैनिक उत्सर्जन हुने फोहोरमैलाको अन्तिम विसर्जन स्थल नुवाकोट जिल्लाको ककनी...
-
२०७७ चैत्र १५, आइतबार
काठमाडौँको बाक्लो तुवाँलो अझै दुई–तीन दिनसम्म रहने
काठमाडौँ - शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाशमा ढाकेकाे बाक्लो तुवाँला अझै दुई–तीन दिनसम्म रहने जनाइएको छ । स्थिर रहेको वायुमण्डल आगामी दुई–तीन दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद् विभूति पोखरेलले बताए । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले...
-
२०७७ चैत्र १५, आइतबार
होली पर्व मनाइयो
काठमाडौँ - आइतबार फागुन शुक्ल पूर्णिमा अर्थात रङहरुको पर्व होली मनाइयो । आइतबार हिमाली र पहाडी जिल्लाहरुमा होली मनाइएको हो । तराईका जिल्लाहरुमा भने सोमबार मात्रै होली मनाइन्छ । हिमाल, पहाड र तराईमा गरी फरक फरक दिन मनाउने गरिए पनि पर्वको शुरुआत भने होलीको चीर ठड्याइएको दिनदेखि हुन्छ । काठमाडौंको बसन्तपुरमा चैत्र ८ गते चीर ठड्याइएको थियो । त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना...
-
२०७७ चैत्र १५, आइतबार
काठमाडाैंमा मेलम्चीको पानी
काठमाडौँ - मेलम्चीको पानी काठमाडौंको महाकाल क्षेत्रमा वितरण सुरु भएको छ । आइतबार दिउँसो महाकाल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण सुरु गरिएको हो । सुरुङ, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, चक्रपथमा बिच्छ्याइएकाो थोक वितरण पाइपलाइनहरुको सफल परीक्षण पश्चात महाँकालचौरको ट्याङ्कीमा पानी आइपुगेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । उक्त पानी आइतबार दिउँसोदेखि नै...
-
२०७७ चैत्र १५, आइतबार
विश्व नेवाः दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरु सम्मानित
विश्वभरी छरिएर रहेका नेवाः समुदाय विभिन्न कार्यक्रम गरी मार्च महिनाको अन्तिम शनिबार आज विश्व नेवाः दिवस मनाइरहेका छन् भने विश्व नेवाः संगठन, नेपाल च्याप्टरले काठमाडौंको वसन्तपुरमा यसै अवसरमा सम्मान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा आ–आफ्नो क्षेत्रमा सफलता हासिल गरेका र विभिन्न किसिमले समुदायको उत्थानमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । सम्मानित सबैलाई काठमाडौं...
-
२०७७ चैत्र १५, आइतबार
महाँकालचौर, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा आजबाट मेलम्चीको पानी
काठमाडौँ उपत्काका विभिन्न स्थानमा आजबाट मेलम्चीको पानी आउने भएको छ । उपत्काका सीमित ठाउँमा मात्रै अहिले पानी आउन थाल्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ । पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । उहाँका अनुसार खुमलटारमा नयाँ पोखरी र अरु तीन स्थानमा पुरानो पोखरी रहेका छन् । अहिले...
-
२०७७ चैत्र १३, शुक्रबार
आँखा पोल्ने काठमाडौंको वायु प्रदुषण, कम भिजिबिलिटीले विमानस्थल ठप्प
काठमाडाैं - शुक्रबार बिहान सफा देखिएको काठमाडौंको वायुमण्डल मध्याह्नपछि एकाएक धुमलियो । अहिले पूरै तुवाँलो लागेकाे छ । मौसम र देशका विभिन्न ठाउँमा डढेलो लागेका कारण प्रदूषण बढेको वातवरण विभागले जनाएकाे छ । ‘यो माैसममा यस्तो देखिन्छ । तर, मौसम र डढेलोको कारण प्रदूषण बढेको हुन सक्छ’, विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, ‘केही दिनसम्म यो लम्बिन पनि सक्छ । बर्खा नलागेसम्म यो समस्या रहन्छ ।’ रियल...
-
२०७७ चैत्र १३, शुक्रबार
फागु पर्वमा भीडभाड हुन नदिन कडाइ, उपत्यकामा प्रहरी परिचालन गरिने
काठमाडौँ - फागु पर्वमा भीडभाड हुन नदिन कडाइ गरिने भएको छ । काठमाण्डौ उपत्यकासहित देशका मुख्य सहर बजारमा प्रहरीको संख्या बढाएर भीडभाडलाई रोक्ने तयारी भएको गृह मन्त्रालयले जनाएको छ । यसअघि गृह मन्त्रालयले सार्वजनिक ठाउँमा भीड गरेर पर्व तथा उत्सव नमनाउन र घरका सदस्यसँग मात्रै सीमित राखेर पर्व मनाउन आग्रह गरिसकेको छ । फागु पर्वमा भीड हुन नदिन काठमाण्डौ उपत्यकामा थप प्रहरी परिचालन गरिने भएको छ ।...
-
२०७७ चैत्र १३, शुक्रबार
काठमाडौँका सार्वजनिक यातायातमा अब अनिवार्य मास्क
काठमाडौँ - कोभिड संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाई गरिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदूरहरुबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाई गर्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद...
-
२०७७ चैत्र ११, बुधबार
अब काठमाडाैंमा मास्क अनिवार्य
काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण बढेको भन्दै अनिवार्य रुपमा मास्क लगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । बुधबार प्रशासकीय अधिकृत रमा घिमिरेले एक विज्ञप्ति जारी गर्दै घर बाहिर तथा सार्वजनिक स्थान र सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क र स्यानिटाइजर प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेकी छन् । विज्ञप्तिमा छिमेकी मुलुक भारतमा समेत संक्रमण बढ्दै गएको र त्यसको...
-
२०७७ चैत्र ११, बुधबार
काठमाडौंमा सार्वजनिक स्थलमा होली खेल्न रोक
काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ । कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् । यस्तै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२०...
-
२०७७ चैत्र १०, मंगलबार
चौथो विश्व नेवाः दिवस शनिबार बसन्तपुरमा हुने
विश्वमा रहेका नेवारहरुलाई एकताबद्ध बनाउने उद्देश्यले गठन गरिएको वर्ल्ड नेवाः अर्गनाइजेशन (हलिं नेवाः दबू) नेपाल च्याप्टरको आयोजनामा यही चैत्र १४ गते शनिवार काठमाण्डौं को बसन्तपुरमा “चौथो विश्व नेवाः दिवस” भव्यताका साथ मनाउने भएको छ । चौथो विश्व नेवाः दिवस, आयाेजक कमिटि नेपाल ११४१ द्वारा आज आयोजित पत्रकार सम्मेलनमा का.म.पा.का मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यतामा मनाइने सो कार्यक्रममा हलिं...


